२०८१ भाद्र २६ बुधबार

काँकरभिट्टाको एनआईसी बैँकको एटिएमबाट रकम लुट्ने प्रयास, भल्ट नखुलेकाले जोगियो २० लाख

काँकरभिटटा, १८ असार । काँकरभिट्टास्थित एनआईसी एशिया बैँकको एटिएमबाट रकम लुट्ने असफल प्रयास भएको छ ।

मेचीनगर-६ स्थित राधिका क्षेत्रीको घरमा सञ्चालित बैँकको एटिएमबाट रकम लुट्ने प्रयास भएको हो ।

भुइँतलामा रहेको एटिएमको सटरमा मान्छे भित्र पसेर एटिएममा राखिएको रकम लुट्ने प्रयास भएको बैँकका मेनेजर रेवन्त न्यौपानेले जानकारी दए । तर, एटिएमको भल्ट नखुलेकाले करिब २० लाखभन्दा बढी रकम भने सुरक्षित रहेको बताइएको छ ।

सोमबार बिहान २ वजे २०/२२ वर्षको नकावधारी एक युवाले एटिएमभित्र पसेर भल्ट फोड्ने प्रयास गरेको मेनेजर न्यौपानेले बताए ।

‘लुटेराले भल्ट फोड्ने प्रयास गरे पनि सकेन्,’ न्यौपानेले भने, ‘सिसि क्यामेरा छोपेछ । भल्ट खोल्ने प्रयास गर्यो, सकेन छ । नखुलेपछि उनी छाडेर हिँडेको देखिन्छ ।’

इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख डीएसपी दिपक भारतीले एनआईसी एशिया बैँकको एटिएम फोडेर राती पैसा निकाल्ने प्रयास गरेको बताए । फरार युवाको खोजी कार्य भइरहेको उनले जानकारी दिए ।

२०८० असार १८, सोमबार प्रकाशित 1 Minute 554 Views

ताजा समाचार