२०८१ भाद्र २८ शुक्रबार

विमानस्थल निर्माणको औचित्यमाथि प्रश्न

झापा । छ महिनाअघि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुई साता अघि पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण गर्यो । चीनको ‘सिचुवान एयरलाइन्स’ले गरेको उक्त चार्टर उडानलाई व्यावसायिक उडानको नाम दिइयो । तर, के व्यावसायिक उडानको नाम दिइएको उक्त उडान साच्चै व्यावसायिक थियो त ?

चीनियाँ आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको र पटक–पटक विआरआई परियोजना अन्तर्गत निर्माण भएको भन्दै प्रचार गरियो । तर, प्रचार गरिए अनुसार कार्यान्वयन भएन । अझ भन्नुपर्दा बिआरआई योजना कुनै पनि सफल नभएका उदाहरणहरु प्रशस्त छन् । नेपालकै महत्वाकांक्षी योजना मानिएको पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । अझै कहिलेसम्म यो अवस्था रहने भन्ने पनि टुंगो छैन । त्यसैले विमानस्थल निर्माणको औचित्यमाथि नै प्रश्न उठेको छ ।

यसो त चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै पोखरा अवतरण गरेको सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाजको उडान नियमित होइन, चार्टर मात्रै हो । त्यसबेला पोखरा अवतरण गरेको उक्त जहाजमा अधिकांश चीन आफ्नैको ‘डेलिगेट्स टिम’ थियो ।
पोखरामा असार ८ र ९ गते नेपाल–चीन फ्रेन्डसीप ड्रागन वोट रेस फेस्टिभलका लागि चीनले सिचुवान एयरलाइन्सको विमान चार्टर गरी चिनियाँ पर्यटक तथा खेलाडीहरुलाई पोखरा ल्याएको थियो । उक्त विमानमार्फत चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासहितका सांसदहरु प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, उदय बहादुर बोहरा, हरिशंकर चौधरी र जीवन परियार पनि नेपाल अएका थिए ।
यसरी पोखरामा हुने फेस्टिभलका लागि अधिकांश आफ्नै ‘डेलिगेट्स टिम’ बोकेर पोखरा आएको उक्त विमान काठमाडौं हुँदै रित्तै चीन फर्कियो । आउँदा आफ्नै ‘डेलिगेट्स टिम’ बोकेर आएको विमान फर्किदा रित्तै फर्किएपछि व्यावसायिक उडान कसरी भयो ? भन्ने प्रश्न यतिबेला टड्कारो बनेको छ ।
यसो त चार्टर उडानमार्फत आफ्नै ‘डेलिगेट्स टिम’ लिएर आएको चीनले उक्त उडानलाई व्यावसायिक भन्नुका साथै ऋण लिएर बनाएको पोखरा विमानस्थललाई सार्वजनिक रुपमै बिआरआईको प्रोजेक्ट भन्दै भ्रामक प्रचार समेत गरेको छ । जब की पोखरा विमानस्थलको परियोजना बिआरआई अन्तर्गतको होइन ।
‘विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो । अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ’, चिनियाँ राजदुत छन् सोङ्ले भने, ‘यो उपलब्धी चीन र नेपालबीचको कनेक्सन र बिआरआई सहकार्यको नयाँ अध्याय हो ।’ तर, चिनियाँ राजदुतले सार्वजनिक समारोहमा गरेको उक्त दाबी झुट भएको नेपाली पक्षको तर्क छ ।
यता पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि पोखरा विमानस्थल बिआरआई अन्तर्गत नरहेको दाबी गर्छन् । बिआरआईमा हस्ताक्षर गर्नभन्दा १ वर्ष अघि नै पोखरा विमानस्थलको शिलन्यास भइसक्नुका साथै लगानी मोडालिटीसमेत टुंगिएको उनको भनाई छ ।
अर्थात पोखरा विमानस्थल निर्माणको शिलन्यास तत्कालीन प्रधानमन्त्री केही शर्मा ओलीले २०७३ (सन् २०१६) बैशाख १ गते गरेका थिए । तर, सन् २०१७ मा मात्रै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले नेपाल बिआरआईको सदस्य मुलुक हुने गरी समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।
पोखरा विमानस्थलको निर्माणका लागि सम्झौता हुँदा बिआरआई परियोजनाले चीनमै मूर्त रुपमा नपाएको अवस्थामा चिनियाँ राजदुतले पोखरा विमानस्थलको प्रोजेक्ट बिआरआई अन्तर्गतको हो भन्दै दाबी गर्दा पनि नेपाली पक्षले भने हालसम्म त्यसको खण्डन गर्न सकेको छैन ।
पोखरा विमानस्थलको निर्माण कार्य २०७३ (सन् २०१६)साउनदेखि सुरु भएको थियो । इपिसी मोडलअन्तर्गत भ्याटसहित २४ करोड ४० लाख ४० अमेरिकी डलरमा निर्माण कम्पनीले काम सकेको हो । विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ । तर, चीनले भने हाल उक्त प्रोजेक्ट बिआरआई अन्तर्गत भएको भन्दै भ्रामक प्रचार गरिरहेको छ ।

२०८० असार १५, शुक्रबार प्रकाशित 0 Minutes 596 Views

ताजा समाचार