२०८१ श्रावण ४ शुक्रबार

झापामा ६ वटा मोटरसाइकल बेवारिसे अवस्थामा भेटियो

झापा । झापाका विभिन्न स्थानबाट चोरी भएका ६ वटा मोटरसाइकल प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले मेचीनगरको धुलाबारीबाट तीन वटा, अर्जुनधाराको शनिश्चरे, सालबारी र भद्रपुरको चन्द्रगढीबाट एक एक वटा मोटरसाइकल बरामद गरेको हो ।

प्रहरीले मे ९ प ३०८७ नम्बर उल्लेख भएको १२५ सिसी भएको रातो रंगको सुपर स्पलेण्डर मोटरसाइकल, मे ६ प ३७४८ नम्बर भएको १६०  सिसी भएको एनएस मोटरसाइकल, मे ९ प १०७० नम्बर भएको १५०  सिसी भएको कालो रंगको पल्सर मोटरसाइकल, मे १० प ९५५९ नम्बर भएको २२०  सिसी भएको निलो रंगको पल्सर मोटरसाइकल, मे ७ प ३६५० नम्बर भएको सिल्भर रंगको टिभीएस कम्पनीको भिक्टोर मोटरसाइकल र मे १० प ८१७२ नम्बर भएको १५० सिसी भएको कालो रंगको पल्सर मोटरसाइकल बरामद गरिएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

बेवारिसे अवस्थामा बरामद गरिएका मोटरसाइकलहरूको च्यासिस र इन्जिन नम्बर यातायात कार्यालयमा गएर बुझ्दा सम्बन्धित धनी फेला नपरेपछि आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको डीएसपी रिजालले बताए । टाइम्स अफ प्रदेशबाट

२०८० असार ६, बुधबार प्रकाशित 0 Minutes 268 Views

ताजा समाचार