मेचीनगर । नेपालको पूर्वी सीमा नाकाको बजार काँकरभिट्टा ४२ ओटा सिसि क्यामेराको निगरानीमा रहेको छ । प्राविधिक रुपमा यो बजारलाई सुरक्षित बनाउन सिसि क्यामेराको जडान गरिएको मेची सामुदायीक सेवा केन्द्र काँकरभिट्टा अध्यक्ष मुक्ति पौडेलले बताए । अध्यक्ष पौडेलका अनुसार सेवा केन्द्रमा नयाँ समिति आएको करिब एक महिनाकै अवधिमा ४२ ओटा सिसि क्यामेरालाई चलायमान गरिएको हो ।
यसअघि काँकरभिट्टा बजार र आसपासका क्षेत्रमा सिसि क्यामेरा जडान गरिएको भएता पनि २६ ओटा क्यामेराले काम गरेका थिएनन् । नयाँ समितिको आगमनसँगै नेपाल र भारतको पूर्वी सीमा नाका काँकरभिट्टा बजार र आसपासका क्षेत्रलाई प्राविधिक रुपमा सुरक्षित बनाउनका लागि बिग्रीएका क्यामेराको मर्मत र आवाश्यकता अनुसार व्यवस्थापन गरिएको पौडेलको भनाई छ ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा डिएसपी दीपक भारतीले सिसि क्यामेराको प्रयोगले अपराध अनुसन्धानमा थप सहयोग हुने बताए । उनले सीमा नाका क्षेत्रमा प्रहरीले यसै पनि आफ्नो सकृयता बढाएको भए पनि प्रविधको प्रयोगले अपराध अनुसन्धानमा सहयोग पुग्ने बताए ।
सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलका अनुसार यस अघि जडान गरिएका सिसि क्यामेरामा चार ओटा क्यामेरा हराएका र २६ ओटा क्यामेराले काम गरेका थिएनन् तर नयाँ समिति आएसँगै काँकरभिट्टा बजार र आसपासका क्षेत्रको प्राविधिक निगरानीका लागि अहिले ४२ ओटा क्यामेरा सकृय भएको उनको भनाई छ ।
नयाँ समिति आएसँगै सेवा केन्द्रको कार्यालय भवनको मर्मत संभार तथा व्यबस्थापन गरिएको पनि उनको भनाई छ । नयाँ समितिको आगमनसँग अहिले ईलाका प्रहरी कार्यालय काँकरभिट्टासँगको सहकार्यमा ‘प्रहरीसँग साझेदारी कार्यक्रम’अन्तरगत सेवा केन्द्र र ईप्रका काँकरभिट्टाले लागूऔषध, मानव बेचविखन तथा साईबर अपराध जस्ता विषयमा समुदाय र विध्यालयस्तरमा विविध कार्यक्रम संचालन गरिरहेको पौडेलले बताए ।
सचेतना कार्यक्रम विशेष गरेर मेचीनगर नगरपालिका क्षेत्र भित्रका विभिन्न विध्यालयमा संचालन गरिरहेको पौडेलले बताए । नागरिक र प्रहरीबीचको सम्बन्धलाई सुमधुर बनाउनका लागि पनि सेवा केन्द्रले समुदायसँग साझेदारी कार्यक्रम संचालन गरेको उनले बताए ।