२०८१ आश्विन १९ शनिबार

नेपाल कम्युनिष्ट पार्टी फेरि ब्युँताऔं: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार तत्कालीन नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन्।

शनिबार भक्तपुरमा आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले नेकपा ब्युँताउन तयार रहेको बताएका हुन्।

‘हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन। कसैकसैलाई लागेको छ, एमाले। एमालेमा त आफैं रुवाबासी चलिरहेको छ। हामी हुन्छ भने पुरानो पार्टी फेरि ब्युँताउँछौ‌ं,’ उनले भने, ‘आउनुहास्, प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौं, केपीजी तयार हुन्छन्? नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि ब्युँताऔं।’

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुर्सीबाट हट्न नचाहेर ७० वर्षे उमेर हद हटाएको उनले बताए। उनले आफू ७० वर्ष उमेर कटेको खण्डमा पार्टीको पद लिएर नबस्ने पनि दाबी गरे।

‘कुर्सी छोड्नुपर्ला भनेर ७० वर्षको उमेर हद नै हटाइदिए। के हुन्थ्यो, सल्लाहकार भएर बसे हुँदैन ? केटाहरूले राम्रो काम नगरे फेरि आएर जिम्मा लिए भइहाल्छ नि,’ उनले भने, ‘७० वर्ष नाघेकालाई बोलाउने, हामी त भयो अब आराम गर्नुहोस्, सल्लाहकार भएर बस्नुस् भन्छौं, मेरो उमेर भए म पनि बस्छु।’

२०८० जेष्ठ २७, शनिबार प्रकाशित 0 Minutes 228 Views

ताजा समाचार