काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात बजेट वक्तव्य संसद्मा टेबल भएको छ । सोमबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट टेबल गरेका हुन् ।
यसअघि, आजै अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि बजेट पेस गरेका थिए । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उनले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट वाचन गरेका थिए ।
बजेट प्रतिनिधिसभामा टेबल भएसँगै मंगलबारदेखि विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल जेठ २१, २२, २३ गते छलफल हुनेछ । अर्थमन्त्री महतले जेठ २३ गते बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।
२०८० जेष्ठ १५, सोमबार प्रकाशित
0 Minutes
158 Views