२०८१ बैशाख १२ बुधबार

होटल व्यवसायी संघ मेचीनगरको प्रथम अधिवेशनमा दर्जनौं सम्मानित

मेचीनगर, जेठ १३ । होटल व्यवसायी संघ मेचीनगरले प्रथम अधिवेशनमा विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।
काँकरभिट्टा खानेपानीको सभाहलमा शनिबार कार्यक्रमको आयोजना गर्दै व्यवसायी संघले दर्जन भन्दा बढी अग्रज होटल व्यवसायीलाई सम्मान गरेको हो ।

लामो समयदेखि काँकरभिट्टा क्षेत्रमा होटल सञ्चालन गरी यस क्षेत्रको विकासमा पुर्याएको योगदानलाई स्मरण गर्दै सीता राई, लोकमाया सुब्बा, मेगबहादुर पौडेल, नरदेवी गुरुङ, ज्ञानु लामा, कमला सुब्बा, सुनमाया तामाङ, माइली तामाङ, रुकमणी प्रधानलगायतलाई संघले सम्मान गरेको हो ।

यसैगरी संघले गौरीलाल श्रेष्ठ, प्रेम नारायण श्रेष्ठ र श्याम कार्कीलाई सम्झँदै मरणोपरान्त सम्मानसमेत गरेको छ ।

सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश सभा सदस्य गोपाल तामाङ, विशिष्ठ अतिथि कोशी प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्यलगायतले खदा तथा सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तामाङले होटल व्यवसायलाई थप उचाईमा पुर्याउन सबै व्यवसायीहरु एक हुनुपर्ने बताए ।

यसैगरी कार्यक्रममा विशिष्ठ अतिथीहरु निवर्तमान सांसद मैनाली, निवर्तमान नगरप्रमुख आचार्य, होटल व्यवसायी संघ झापाका सचिव शिवराम पौडेल, होटल व्यवसायी संघ चारआलीका संस्थापक अध्यक्ष भोजराज पराजुली, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, मेचीनगर-६ का वडाध्यक्ष ललित तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए।

होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेश श्रेष्ठ (गोपाल) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हस्तकुमार तामाङले गरेका थिए । अधिवेशनको उद्घाटन शत्र समापन भएसँगै नयाँ नेतृत्व चयनका लागि बन्द शत्र शुरु भएको छ । जसले नयाँ नेतृत्व चयन गर्नेछ ।

यो पनि पढ्नुहोस्

होटल व्यवसायी संघ मेचीनगरको अध्यक्षमा श्रेष्ठ निर्वाचित

२०८० जेष्ठ १३, शनिबार प्रकाशित 1 Minute 341 Views

ताजा समाचार