२०८१ बैशाख ११ मंगलवार

प्रदेश १का सांसदहरूले गरे शपथ ग्रहण

प्रदेश नम्बर १ प्रदेश सभा सदस्यहरूले शपथ ग्रहण गरेका छन्।

सोमबार प्रदेश सभामा सांसदहरूले शपथ ग्रहण गरेका हुन्। उनीहरूलाई  जेष्ठ सदस्य नेपाली कांग्रेसका गयानन्द मन्डलले गराएका हुन्।

७९ वर्षका उनलाई सोमबार दिउँसो प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका थिए।

उनी मोरङ क्षेत्र नम्बर ५ (१) बाट निर्वाचित सांसद हुन्।

प्रदेश १ मा नेकपा एमाले ४०, कांग्रेस २९, माओवादी १३, राप्रपा ६, एस ४ र जसपा १ जना सांसद छन्।

यहाँ एमालेले सरकार बनाउने सम्भावना छ। केन्द्रमा एमालेको सहयोगमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै यहाँ पनि एमालेको सरकार बन्ने सम्भावना बनेको हो।

२०७९ पुष ११, सोमबार प्रकाशित 0 Minutes 241 Views

ताजा समाचार