२०८१ बैशाख २७ बिहीबार

‘एक हप्तामा कोशी प्रदेश सरकार अल्पमतमा पर्छ’ -पूर्वमुख्यमन्त्री राजेन्द्र राई

इटहरी । नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र कुमार राईले कोशी प्रदेश सरकार चाँडै अल्पमतमा पर्ने बताएका छन् ।

प्रदेशमा जेठको पहिलो हप्ता भित्रमा नयाँ सरकार बनि सक्ने संकेत दिँदै पूर्व मुख्यमन्त्री राईले संघीय गठबन्धन अनुसार प्रदेशमा सरकार निर्माणको पहल भइरहेको बताए ।   नेकपा (एकीकृत समाजवादी)का सचिवसमेत रहेका राजेन्द्र कुमार राईले सरकारमा सहभागि दलले एक हप्ताभित्र राजीनामा दिने तयारी भइरहेको बताए ।

नेकपा एस मोरङको पार्टी कार्यालयमा विराटनगरमा संचारकर्मीहरूसँग कुराकानी गर्दै नेता राईले सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल भइसकेकोले चाँडै निकास दिने आश्वासन दिएको उनले बताए ।

२०८० बैशाख २, शनिबार प्रकाशित 0 Minutes 199 Views

ताजा समाचार