२०८१ बैशाख १४ शुक्रबार

प्रधानमन्त्री प्रचण्डले गरे आठ सदस्यीय मन्त्रिपरिषद् विस्तार, रवि लामिछाने बने गृहमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सोमबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएसँगै प्रधानमन्त्री प्रचण्डले आठ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी विष्णुप्रसाद पौडेललाई दिएका छन् ।

यसैगरी उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ प्रकाशले पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् ।

एमालेकी ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई तथा जनमत पार्टीका अब्दुल खानलाई विनाविभागीय मन्त्री बनाइएको छ । उनीहरूको जिम्मेवारी पछि तोकिनेछ ।

उपप्रधान तथा मन्त्रीहरूलाई राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् । त्यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसहित सात दलको समर्थनसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए । राष्ट्रपति भण्डारीले आइतबार साँझ नै प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

२०७९ पुष ११, सोमबार प्रकाशित 0 Minutes 338 Views

ताजा समाचार