२०८१ बैशाख १४ शुक्रबार

प्रधानमन्त्रीका रूपमा प्रचण्डको शपथ भोलि ४ बजे

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार प्रचण्डको शपथ सोमबार दिउँसो चार बजे राष्ट्रपति निवास शितल निवासमा हुनेछ।‍

सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्दैछन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आइतबार साँझ ५ बजेसम्मको समय दिएकी थिइन्।

सत्ता गठबन्धनबाट प्रधानमन्त्रीमा पहिलो कार्यकाल दाबी गरेका प्रचण्डको माग पुरा गर्न कांग्रेस सभापति शेरबहादुर देउवा तयार नभएपछि प्रचण्डले एमालेसँग गठबन्धन गर्दै प्रधानमन्त्री बन्ने बाटो तय गरेका हुन्।

बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो नेतृत्वको भद्र सहमति भएको छ।

सात दलको उपस्थितिमा उनीहरूबीच अढाई-अढाई वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको हो।

२०७९ पुष १०, आईतवार प्रकाशित 1 Minute 389 Views

ताजा समाचार