२०८१ बैशाख २९ शनिबार

कारोबार एक अर्बभन्दा कम

 

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १० दशमलव ८७ अंकले घटेर १९०८ दशमलव ५५ बिन्दुमा ओर्लिएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । बुधबार ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँ बराबरको कारोबार भएकोमा आज बढेर ८९ करोड ९५ लाख ३२ हजार १३९ रुपैयाँ पुगेको छ ।

आजको कारोबारमा ४९ कम्पनीको मूल्य बढ्दा १५७ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनी स्थिर रहेको छ । बैंकिङ ५, विकास बैंक १५, फाइनान्स १६, जलविद्युत् २०, जीवन बीमा ३४, उत्पादन ३४, माइक्रोफाइनान्स ३२, अन्य १६ र व्यापार उपसमूह ४ अंकले घटेको छ । होटल तथा पर्यटन उपसमूह भने १५ अंकले बढेको छ । सबैभन्दा बढी शिवम् सिमेन्ट्सको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

२०७९ चैत्र १६, बिहीबार प्रकाशित 1 Minute 373 Views

ताजा समाचार