२०८१ बैशाख ११ मंगलवार

प्रदर्शनका क्रममा मृत्यु भएका लिम्बूको परिवारलाई तीन लाख दिने निर्णय

कोसी प्रदेश सरकारले प्रदेश नामकरणका विषयमा भएको विरोध प्रदर्शनका क्रममा मृत्यु भएका लाजेहाङ लिम्बू ९पदम लिम्बू०को परिवारलाई राहतस्वरूप तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने र मृतकका परिवारलाई राहत दिने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कलबलगुडी झापाको निर्देशकका रूपमा प्रदेश सचिव कृष्ण सापकोटालाई तोक्ने निर्णय गरेको छ । साथै, पर्यटन, वन वातावरण मन्त्रालयद्वारा पेस गरिएका दुई संशोधन विधेयक प्रदेश वातावरण संरक्षण ऐन, २०७६ र प्रदेश वन ऐन, २०७७ लाई प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेस गरिएको समपूरक अनुदान कार्यविधि संशोधन प्रस्ताव पारित गर्ने समेत निर्णय गरेको छ । बैठकले प्रदेश नामकरणमा भूमिका खेल्ने प्रदेशसभा सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, प्रदेशसभा सचविालय, प्रदेशसभामा उपस्थति सम्पूर्ण राजनीतकि दललाई धन्यवाद ज्ञापन गर्दै कोसी प्रदेशवासीलाई हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।

२०७९ चैत्र १३, सोमबार प्रकाशित 0 Minutes 187 Views

ताजा समाचार