२०८१ बैशाख १४ शुक्रबार

मिसन ग्रासरुटमा मूल अभियन्ताकै परीक्षण

ने.क.पा. एमालेले २०७९ फागुन ५ गते देखि २०८० बैसाख ५ गते सम्म ग्रास रुट मिसन अन्तर्गत देशव्यापी अभियान सुरु गरेको छ । काम गर्न जान्दा र मिहिनेत गरेर लागिपर्दा कुनै पनि काम अत्यन्त प्रभावकारी तथा सफल हुन्छ र गर्न सकिन्छ । यसको एक जवर्जस्त उदाहरण जननेता मदन भण्डारी हुनुहुन्छ ।

अध्यक्ष ओलीले भनेझैँ जतिमाथिको पदीय उच्च नेता भइन्छ, त्यति नै विनम्र हुनुपर्छ भनेझैँ हामीले कार्यकर्ता र जनतासित विनम्र व्यवहार गर्नुपर्छ । चुनावमा उम्मेद्वार हुँदा भुई नै छोउँला झैँ गरेर मतदातालाई नमस्ते गर्ने तर पार्टीका अभियानमा र अरु बेला ठाडो, ठडौरो र ठस्कान व्यवहार गर्दा पार्टी प्रभाव कमजोर भएको हो । राम्रो काम र राम्रो व्यवहार दुवै जरुरी हुन्छ ।
यो अभियान,अभियन्ता लगायत सबै विषय पात्र, प्रविधि, चुस्त र दुरुस्त र प्रभावकारी हुनुपर्छ । अभियानका कमाण्डरहरुको बोली वचन,व्यवहार,प्रशिक्षण,प्रस्तुति र हाउभाउ लुरो,जुम्सो,ल्याङल्याङे,सुस्त भयो भने त्यसको कुप्रभाव मातहतमा पर्छ । चम्किलो व्यक्तित्व र विचारले मात्र समग्र कार्यक्रम चम्किलो र प्रभावकारी हुन्छ । यस मानेमा आजका दिनसम्म धेरैले अभियानलाई चुम्बकीय आकर्षण र प्रभाव दिन सके जस्तो लागेको छैन ।

अत्यन्त सान्दर्भिक अभियान

पार्टी सुदृढीकरण तथा विस्तार विषयलाई केन्द्रमा राखेर राँटो नराखी पार्टीलाई सबल र सशक्त बनाउने उद्देश्य यस अभियानको रहेको देखिन्छ । सधैँ मुख धोइएन भने आफ्नै मुख पनि डुङडुङ्ती गह्नाउँछ । मन, मष्तिस्क र मानिसको आन्तरिक जीवनमा लागेको र कटकटिएको मयल साबुनले सफा गर्न सकिन्न । यसका लागि बारबार अध्ययन, छलफल,अन्तक्र्रिया,प्रश्न उत्तर अपरिहार्य हुन्छ । त्यसैले पार्टी अध्यक्ष ओलीले विद्यातीय माध्यमबाट यस अभियानको शुभारम्भ गर्नु भयो । यस अभियानमा एमाले पार्टीलाई पार्टी भित्रै रहेका उपल्ला तहका नेताहरुले अस्तव्यस्त गर्दै ध्वस्त पार्न खोजेको विषय आम रुपमा जानकारी गराउने मूल उद्देश्य रहनुपर्छ । माधव कमार नेपाल वा पुष्पकमल दाहाल प्रचण्ड हुन्, दुवै देश र जन हितको मूल लक्ष्य प्राप्तिलाई चटक्क बिर्सेर कम्युनिस्ट आन्दोलनकै विरुद्ध ज्यान फालेर लागे । जननेता मदन भण्डारीले भनेझैँ कम्युनिस्टको झण्डा बोकेकै भरमा र नारा फलाकैकै कोही पनि कम्युनिस्ट हुँदैनन् । दुई तिहाइ नजिकको देश र जनताका हितमा अतुलनीय काम गरेको आफ्नै पार्टीको सरकार सर्वोच्चमा मुद्दा हाल्ने कम्युनिस्टका कलंक हुन् । नेका पार्टीमा पनि देउपाजस्तो भारतको भरिया र अमेरिकी परस्तलाई काँँध हाल्ने यिनीहरु देश र जनघातका पक्षधर हुन् । त्यसैले यो अभियान देश र जनघातीको पर्दाफास गर्ने र कम्युनिस्ट, लोकतान्त्रिक तथा देशभक्तिपूणर् एमाले पार्टीलाई सुदृढ र विस्तारित गर्ने अभियान हो ।

अभियन्तामा सिर्जनात्मक सोचको कमी
ग्रासरुट अभियानका अभियन्ताहरु आवश्यकता अनुसार भुइँ तहसम्म पुग्नु पर्छ । निर्वाचनमा उम्मेद्वार हुँदा सब जनतालाई जम्लाहात गरेर नमस्ते गर्ने,घरघर पुग्ने र घुम्ने,जनतासित प्यारी सित जस्तै मधूर मुस्कान गर्ने र विनम्र हुने धेरै जसा उही नेताहरुले पार्टीका यस्ता अभियानमा फरक व्यवहार गरेको आफैँले देखियो । नगर,गाउँ र वार्डमा जनताका घरमा बाबिसेर के गर्नु भन्ने काम नै देख्ने अभियन्ताले हाइ काढेर दिन बिताउने अवस्था देखियो । बन्जर धर्ती फुटाउन फलामे हलो नजोती हुँदैन । कुटो कोदालो र झम्फलको भरमा मात्र मैदान सम्म हुन्छ र ? । उपल्ला तहका नेता अभियन्ता आवश्यकता अनुसार भूइँ तहमा गएर उत्प्रेरक भूमिका निर्वाह .किन कन्जुस्याइँ ? मदन भण्डारीलाई राम्ररी ननियाल्ने र मसिनो गरी नपढेका नेता यस्तै कुरा गर्छन् तर गाउँघरमा ससाना नानीहरु,युवाहरु महिलाहरु छन् । तिनलाई समेत उनीहरुको स्तर अनुसार राजनैतिक वा गैर राजनैतिक स्वास्थ्य ,शिक्षा,खाद्यपेय र सामाजिक सन्जालका दुरुपयोग जस्ता अनेक शिक्षण सिकाइ गर्न सकिन्छ ।

यस अभियानका केही अभियन्ताका कुरा सुन्दा तिनमा तल्लो वा माथिल्लो तहका जनतालाई प्रभावित गरिछाड्ने कला,गला,बानी बेहोर र मिजास खासै भएको देखिएन । आँ गर्दा नै अलङ्कार बुझिन्छ । अभियन्तामा चुम्बकझै जनआकर्षण गर्ने क्षमता अपरिहार्य हुन्छ । जनतासित र कार्यकर्तासित ठालू र ठस्के व्यवहार कहिल्यै जाती हुन्न । एक स्थानीय कार्यकर्ताले मातहत कार्यकर्तालाई तँ तँ भनेको सुनेर यसमा सुधार गर्नुपर्छ भन्दा यसमा पूरै बानी परियो सुधार्न असम्भव छ भने । कम्तीमा तिमी भनेर सम्बोधन गर्दा त हुन्छ । एक केन्द्रीय स्तरका अभियन्तालाई मैले नै राष्ट्रिय जन सांस्कृतिक महासंघ,इटहरी नगर समिति गठन गर्ने कुरामा पनि ध्यान दिनुपर्छ कि भनेर होसपूर्वक मानै राखेर भन्दा तिनी त मैसित आइलागे । उनका कुराबाट काम कहाँबाट सुरु गर्ने र माथिल्लो तहका नेताले मातहतलाई कसरी काममा सहजीकरण गर्ने भन्ने जस्ता कुरामा अलमल परेको पो देखियो ।
अभियन्ता वा कुनै पनि तहको नेता झलक्क हेर्दा नै चुम्बकीय क्षमताको हुनुपर्छ । एक मुस्कानबाट हजारौँ मुस्कान पाइन्छ । आफैँले पहिले नमस्ते गरेर कुराकानी गर्ने अनि तरिका साथ सुरु गर्ने हो भने कुनै पनि मानिसलाई प्रभावित पार्न सकिन्छ । सिरदेखि तिरसम्म ठन्डा, रापताप बिहीन, जुम्सा, हलनचलका र सम्मगम्म चरित्रबाट जनता सुरुमै उतर्सिन्छन् । गाउँ घरमा त्यहाँको लवज अनुसार साइनो सम्बन्ध लगाएर बोल्ने हो भने ध्यानाकर्षण गर्न सकिन्छ । ओली कमरेडले नेताहरुलाई फोन गर्न सिकाउनु भयो तर एक स्थायी समिति सदस्यले मैसित फोन गर्दा हप्काउ व्यवहार गरे । प्रा.डा. खगेन्द्र आचार्यले आर्फैँले पढाएको नेता आफू्रलाई गुरु भन्न लजाउँछ अझ उल्टो मैसित नमस्ते खोजेझैँ गर्छ भन्नु भएको थियो । उच्च पदीय हैसियतले मात्र ठूलो भइँदैन भन्ने कुरा अध्यक्षले लौरो लगाएर राम्ररी पढाउनु पर्ने देखियो । पार्टी केन्द्रीय सदस्यले पूर्व निणर्ित अभियानका सम्बन्धी कार्यक्रम बारबार सार्ने गरेको देखियो, किनभने जहाँ तहाँ आम कार्यकर्ताका सामु आफ्नो मुहार मात्र भए पनि देखाउने पर्ने ठानियो ।

बग्रेल्ती छन्, समस्या
पानी र बानी माथिबाट आउँछ । मुहान सङ्लो छ र हुन्छ भने तलतल पानी त्यति धेरै धमिलो हुँदैन । तर सधैँ मुख धोइएन आफ्नै मुख बाक्सी हुन्छ र गन्हाएर खपिनसक्नु हुन्छ । विशेष गरेर माकुने प्रवृत्तिका कारण पार्टी माथिदेखि चरम विकृत बन्दै गयो । जबजका विषयमा विद्यावारिधि गर्ने एकीकृत समाजवादी पार्टीका महासचिव डा. बेद्ुराम भुसाल नै जबजका र जननेता मदन भण्डारीका विरुद्ध ज्यान फालेर लागिपरेका छन् ।

एक समय आदर्श र उच्च ठानेका जीवनभर माक्र्सवाद पढाएर उच्च स्तरको खारिएको विद्वान् तथा स्रष्टा भनेर चिनिएका नेपाल थरि नेता नै माकुनेका पुच्छर बने । त्यसैले यस लेखकले एउटा नेता जीवनभर मदन भण्डारीको गुणगान गथ्र्यौ तर अहिले मदनकै चिहान खन्न अघि सर्‍यो भनेर कविता नै लेखेको थियो । बारबार धोइपखाली गनेर पार्टी जीवन समग्रमा अस्तव्यस्त हुन्छ भनेर सबै समस्या जरै देखि समाधान गर्न यो अभियान पार्टीले सुरु गरेको हो ।

एमाले अन्य प्रमुख पार्टी तुलनामा धेरै सकारात्मक रहेको छ । तर सबै पार्टी भन्दा उच्च उन्नत सबल र सशक्र हुने हो भने त्यस हिसावले यस पार्टीमा बग्रेल्ती समस्या देखियो र बुझियो । अनेक खालका आन्तरिक अन्तर्विरोध व्याप्त रहेछन् । सदस्यता र लेबी तिरेको रसिद छ तर रेकर्डमा छैन । नगर पालिकाको सदस्य,अध्यक्ष लगायतको नाम सिफारिस गर्दा र निणर्य गर्दा लेनदेन गरेका जस्ता संदिग्ध विषय सतहमा आएका छन् । केन्द्रीय लेखा आयोगले मिही रुपमा हरेक जिल्लाको लेखापरीक्षण नगर्ने हो समस्या गम्भीर हुने देखियो र बुझियो । पार्टीमा जनवादी केन्द्रीयता नाममा नोकरसाही पद्धति सुरु भएको र झ्याँगिन थालेको पाइयो । जिल्ला र नगर स्तरका नेताले नै यसको पोल खोलेका छन् ।

अभियान जान्दा श्रीखण्ड
यो कार्यक्रम जान्दा श्रीखण्ड हो नजान्दा खुर्पाको बिँड र अँगेनाको दाउरो हो । यो अभियान पार्टीलाई पुनर्जीवन प्रदान गर्ने सञ्जीवनी बुटी हो । एमाले पार्टीको सही सिद्धान्त छ तर माओले भनेझैँ सिद्धान्त सिरानी लगाएर र दराजमा थन्क्याएर मात्र सिद्धान्तको सहीपना सिद्ध हुँदैन । सिद्धान्तलाई आफ्नै जीवनमा र पार्टी जीवनमा भरपूर प्योग र उपयोग गर्नु पर्छ । जनताको माक्र्सवादी परिभाषा नै सिकाउनु पर्ने अवस्था छ । यस अभियानले पार्टीमा नयाँ सदस्य प्रदान गर्ने नवीकरण गर्ने र संगठन विस्तार गर्ने लगायत कामका साथै बालबालिका देखि ज्येष्ठ नागरिक धार्मिक सांस्कृतिक लगायत हर क्षेत्रका व्यक्तिलाई सभ्य र भव्य जीवन र दिनचर्या बन्न र बनाउन उत्प्रेरित गर्न सकिन्छ । अभियन्ताहरुबाट यसो गरियो भने अभियान अत्यन्त सार्थक हुनेछ र हाम्रा पत्र, पत्रिका,सूचना र सञ्चार तथा मिडिया भनेका जनता हुन् तमाम कार्यकर्ता हुन् । यस कुरालाई पनि अभियानमा राम्ररी सुझाउनु पर्छ । त्यसो गरियो भने तन र मनले ध्यान पूर्वक काम गरियो भने पार्टीको कायाकल्प नै हुनेछ र सशक्त र सबल पार्टीले देश र जनताका हितमा सशक्त कलात्मक हस्तक्षेप गर्ने निश्चित देखिन्छ ।

स्थानीय नेतृत्व निर्माणको अवसर
यो अभियानमा मूल अभियन्ताहरुले मात्र प्रशिक्ष्इाणका नाममा एकोहोरो पट्यारलाग्दो भाषण गर्ने पनि होइन । वार्ड, नगर, जिल्ल्ला र अगुवा स्तरका मोर्चा संगठनको नेृतृत्वलाई पनि बैठक र भेलामा विषयगत आफ्ना कुरा भन्न दिनु पर्छ र कामको अनुभवबाट काम सिक्न दिनु पर्छ र यस्ता काममा पर्याप्त प्रोत्साहित गर्नुृपर्छ । हरेक कमिटी र त्यसको नेतृत्वलाई त्यही स्थापित हुन र गर्न दिनु पर्छ । कमिटी प्रणालीलाई सबल बनाउनुपर्छ । नेतामुखी होइन नीतिमुखी हुनुपर्छ । पार्टीलाई मदनले जस्तै प्रतिभाको फूलबारी बनाउनु पर्छ । हाम्रो प्रतिस्पर्धा समाजवादी प्रतिस्पर्धा हो , अर्थात् आफ्नो वर्ग समुदाय र समाजलाई नै उठाउने हो एक र अमुक नेता गुट मात्र उठ्ने र उठाउने होइन तर सुनसरीमा यसको अवशेष पर्याप्त पाइन्छ ।, सुनसरी पार्टी जिल्ला नेतृत्व चुनावमा निकट विगतमा जुन खालको धाँधली भयो त्यस्तो अवस्था अब रोक्न परेन ? अमुक नेताले जे जे भन्यो सुन्यो र सही बेसही नछुट्याई त्यसकै पछि आँखा चिम्लेर लाग्ने पशुमित्र बनाउनु हुँदैन । नेताले नै यस्ता कुरा आफैँ बताउनु पर्छ । टु वे ट्राफिक व्यवस्था हुँदा खासै दुर्घटना हुँर्दैन । यस अभियानमा पदीय हैसियतले तल्ला कमिटीमा रहे पनि ती कुनै मानेमा उपल्ला र माथिल्ला कमिटी सदस्य र पदाधिकारी भन्दा किमार्थ कम छैनन् । यस कुरालाई होस राखे राम्रो ।

लेखक कोशी प्रदेश, संस्कृति विभाग प्रमुख तथा इनरुवा नगर पालिकाका एक प्रमुख अभियन्ता हुनुहुन्छ ।

२०७९ चैत्र १२, आईतवार प्रकाशित 0 Minutes 387 Views

ताजा समाचार