२०८१ बैशाख ८ शनिबार

कोसीको पहिचान आन्दोलनबारे गम्भीर बन्न सरकारलाई आग्रह गरेको छु : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पहिचानको आन्दोलनमा जीवन गुमाएका पदम लिम्बूसहित अन्य आन्दोलनकर्ताहरुको बारेमा सरकारको ध्यानाकर्षण गराएको बताएका छन् ।

मन्त्री किरातीले काठमाडौंमा मिस लिम्बू २०७९ को उद्घाटन गर्दै शनिबार पर्यटनमन्त्री किरातीले आफैँ सरकारमा रहेर सरकारलाई नै ध्यानाकर्षण गराएको अभिव्यक्ति दिए । उनले शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकमा आफूले सरकारलाई कोही प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गरेको बताए ।

मन्त्री किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनका बारेमा आफू गम्भीर रहेको कुरा आफूलाई बताएको पनि मन्त्री किरातीले स्पष्ट पारे । भने, “जसले वीरगति प्राप्त गर्नुभयो, उहाँको परिवारको र आन्दोलनको सन्दर्भमा सरकारले केही बोल्नुपर्छ भनेर राखेपछि प्रधानमन्त्रीले नै केही न केही म बोल्नेछु भन्नुभएको छ ।”

मन्त्री किरातीले एकल संस्कृति र एकल पहिचानले देश नबन्ने दाबी गरे । सबैको सौन्दर्य र पहिचानलाई पनि उत्तिकै मान्यता दिनुपर्ने बताउँदै उनले प्रकृतिको सम्पदा र मानव सम्पदाको समायोजन नै आजको आर्थिक विकास र नेपाली पर्यटन भएको बताए । बाह्रखरी

२०७९ चैत्र ११, शनिबार प्रकाशित 0 Minutes 143 Views

ताजा समाचार