२०८१ बैशाख १४ शुक्रबार

एकैदिन २ हजार घट्यो सुनको भाउ

काठमाडौँ । बुधबार एकै दिन सुनको भाउ प्रतितोला २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ८ सयमा कारोबार भएको थियो । यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ । चाँदी भने प्रतितोला ५ रुपैयाँ घटेर १३३५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य भने गत माघ १९ गते प्रतितोला १४५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

२०७९ चैत्र ८, बुधबार प्रकाशित 0 Minutes 220 Views

ताजा समाचार