२०८१ बैशाख १३ बिहीबार

प्रहरी र प्रदर्शनकारीबिच बिराटनगरमा झडप

झापा । प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मुख्य माग राख्दै विराटनगरमा प्रदर्शन गरिएको छ ।  विराटनगरमा भएको प्रदर्शनका क्रममा स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्रमा प्रदर्शनकारी प्रवेश गरेका छन् ।  त्यस क्रममा प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको थियो ।

त्यसको विरुद्धमा आक्रोशित भएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजी समेत गरेका छन् । उनीहरुले एमालेको विरुद्धमा पनि नाराबाजी गरेका छन् ।

प्रदेश नं. १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय छेउ रोड शेषमा प्रदर्शनकारी पुगेका थिए । जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो । उक्त क्षेत्रमा प्रदर्शनकारी जान खोजेपछि अश्रुग्याँस प्रहार गरिएको प्रहरीले जनाएको छ ।

सो क्रममा केही राउन्ड हवाई फायर समेत भएको प्रदर्शनमा सहभागीले बताएका छन् । तर, अहिले स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्रमै प्रदर्शनकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गरेका छन् ।

२०७९ चैत्र ५, आईतवार प्रकाशित 0 Minutes 216 Views

ताजा समाचार