२०८१ बैशाख १४ शुक्रबार

युएईलाई पराकिलो रतले पराजीत गरेपछि नेपाली टोलीको प्रतिक्रिया यस्तो छ

 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एक दिवसीय मान्यता जोगिएपछि आगामी दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका पाउने बताएका छन् । भ्रमणकारी टोली युएईबिरुद्ध आईतवार १ सय ७७ रनको फराकिलो जित निकालेपछिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान रोहितले एक दिवसीय मान्यतपछि नेपालले बलियो टोलीसँग खेल्दै थप अनुभव बटुल्ने मौका मिल्ने बताए ।

उनले अब सम्पूर्ण ध्यान विश्वकप छनोट पुग्नका लागि थप दुई खेलमा सुखद् नतिजा निकाल्नेमा केन्द्रित हुने प्रतिक्रिया पनि दिए । टोलीमा नयाँ प्रशिक्षक मोन्टी देशाई आएसँगै खेलाडीलाई खुलेर खेल्ने अवसर भएको र सोही अनुसार सबै खेलाडीले मिहिनेतका साथ खेल्दा सफलता मिलेको उनको भनाइ छ ।

यस्तै नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले नेपाल क्रिकेट संघसँग जोडिएको दिनदेखि टोली बनाउन लागेको र अहिले सम्मको यात्रा सुखद् भएकोमा खुशी व्यक्त व्यक्त गरे । आफ्नो रणनीति हरेक खेलमा सफल हुने गरेको र खेलाडीले पनि दिइएको भुमिकालाई राम्रोसँग निभ्याएको बताए ।

लिग–२ अन्तर्गत नेपालले अब दुई खेल खेल्न बाँकी छ । नेपालले सोमवार अर्को भ्रमणकारकी टोली पपुवान्युगिनी र अन्तिम खेलमा युएईसँग चैत २ गते प्रतिस्पर्धा गर्नेछ ।

 

२०७९ फाल्गुन २८, आईतवार प्रकाशित 1 Minute 253 Views

ताजा समाचार