२०८३ कार्तिक १० सोमबार

आजदेखि एनपीएल, पहिलो खेलमा लुम्बिनी र सुदुरपश्चिम भिड्ने

झापा । फ्रेन्चाइज क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । त्रिवि क्रिकेट मैदान काठमाण्डौमा हुने एनपीएलको सबै तयारी पुरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी गराएको छ ।

आठ वटा टिमले सहभागिता जनाएको एनपीएलमा आज हुने उदघाटन खेलमा दोस्रो संस्करणका फाइनलिष्टहरु एक आपसमा भिड्दैछन । आज अपरान्ह ४ बजे सुरु हुने उदघाटन खेलमा लुम्बिनी लायन्स र सुदुरपश्चिम रोयल्स आमने सामने हुँदैछन । नेपाली राष्ट्रिय टिमका दुई मुख्य सदस्य पुर्व कप्तान रोहितकुमार पौडेलको र दिपेन्द्रसिंह ऐरी आजको खेलमा एक अर्कालाई हराउने योजना बनाउने छन ।

पौडेलको कप्तानीमा रहेको लुम्बिनीले गत बर्षको फाइनलमा सुदुरपश्चिमलाई हराएर उपाधी जीतेको थियो । आजको खेलमा सोही जीतलाई निरन्तरता दिएर तेस्रो संस्करणको सुखद सुरुवात गर्न पौडेलको नेतृत्वमा रहेको लुम्बिनी मैदान प्रवेश गर्नेछ भने ऐरीको कप्तानीमा रहेको सुदुरपश्चिम आजको खेलमा जीत दर्ता गर्दै गत संस्करणको फाइनलको हारको बदला लिएर यो बर्ष जितबाट प्रतियोगिता सुरुवात गर्न चाहन्छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आधिकारिकता दिए पछि थप रोचक बनेको यस बर्षको आइपीएलमा  डिसिजन रिभ्यू सिस्टम (डिआरएस) को समेत प्रयोग हुने भएकाले एनपीएलले विश्वव्यापी रुपमा चर्चा कमाएको छ ।

यस बर्षको एनपीएलमा विश्वका चर्चित क्रिकेट खेलाडीहरुको सहभागिताले पनि थप उत्साह भरेको छ । आइसिसीको मन्यतासंगै एनपीएलको यस संस्करणमा खेलाडीले गरेको प्रदर्शन आधिकारिक टी २० करियरको तथ्याङ्क मा गणना हुने नेपाल क्रिकेट संघले जनाएको छ ।

एनपीएलको तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । भने ट्रफिसहित अन्य थुप्रै पुरस्कार समेत प्राप्त गर्नेछन ।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको पुरस्कार राशिअनुसार उपविजेता टिमले ८० लाख रुपैया पाउनेछ भने तेस्रो हुने टिमले ४० लाख र चौथो हुने टिमले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस बाहेक पनि हरेक खेलको म्यान अफ दि म्याच, म्यान अफ दि टुर्नामेन्ट लगायतका आकर्षक पुरस्कार खेलाडीहरुले पाउने क्यानले जानकारी दिएको छ ।

२०८३ कार्तिक १०, सोमबार प्रकाशित 0 Minutes 8 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार