२०८१ बैशाख १३ बिहीबार

नेपालद्वारा पपुवान्युगिनी पराजित

 

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीवार नेपालले भ्रमणकारी टोली पपुवान्युगिनी (पिएनजी)बि?द्ध ५२ रनको जित निकाल्दै अन्तिम श्रृंखलामा सुखद् शु?वात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बिहीवार भएको श्रृंखलाको पहिलो खेलमा नेपालले दिएको २ सय ९८ रन लक्ष्य पछ्याउने क्रममा पिएनजीले ४७.१ ओभरमा सबै विकेट गुमाएर २ सय ४५ रन जोड्न सक्यो ।

 

यो जितसँगै नेपालले ३३ खेलमा ३४ अंकसहित पाचौं स्थानमा कायम रहँदा पारजय व्यहोरेको पिएनजी भने ३३ खेलमा ९ अंकका साथ सातौं स्थानमा यथावत छ । नेपालले प्रश्तुत गरेको २ सय ९८ रनको लक्ष्य पछ्याएको पिएनजी लागि नोर्मन भानुआले ५५ बलमा ४ छक्का र ३ चौका मद्दतमा सर्वाधिक ६० रन जोडे । यसैगरी टोली उराले ४४ बलमा ९ चौकाको मद्दतमा ५०, कप्तान असद भाला ४२, किप्लिन डोरिगाले २६, राइली हिकुरेले २० र चाल्र्स अमिनीले १५ रन जोडे । यसअघि पहिलो विकेटका लागि उरा र डोरिगाले ७७ रनको साभेदारी गरेपनि अन्य खेलाडीले राम्रो साझेदारी गर्न सकेनन् । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिका ४ विकेट निकाल्दा दीपेन्द्रसिंह ऐरीले २ र कुशल मल्लले एक विकेट लिए । पिएनजीका तीन खेलाडी रन आउट हुन पुगेका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २ सय ९८ रन बनाएको थियो । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले १ सय १० को साझेदारी गरेको खेलमा भीम सार्की अर्धशतक बनाउन ६ रनले चुके । कुशल भुर्तेलले ४५ रनको व्यक्तिगत स्कोर बनाएर पवेलियन फर्किंदा आसिफले व्यक्तिगत हिसावमा सर्वाधिक कीर्तिमान बनाए । आसिफले १ सय १० बलको सामना गर्दा १२ चौका र २ छक्का सहित १ सय १० रन बनाएका हुन् । एक दिवसीय क्रिकेटमा पिएनजीबि?द्ध नै २०२१ सेप्टेम्बर ७ मा डेब्यु गरेका आसिफले घरेलु मैदानमा पहिलो शतक पूरा गरेसँगै १ हजार रन पनि पूरा गरेका हुन् । ३२ इनिङ खेल्दा आसिफले एक दिवसीय खेलमा ७ अर्धशतक बनाएका छन् । यस्तै आसिफ नेपालका लागि एक दिवसीय खेलमा शतक पूरा गर्ने पाँचौ खेलाडी बनेका छन् । यसअघि रोहितकुमार पौडेल, पारस खड्का, दीपन्द्र सिंह ऐरी, कुशल भुर्तेलले शतक बनाएका थिए ।

आसिफले पाँचौं विकेटका लािग कप्तान रोहित पौडेलसँग शतकीय साझेदारी गर्दै इनिङ सम्मानजनक अवस्थामा पु¥याएका थिए । कप्तान रोहित पौडेलले ३० रन बनाए । उनले ३९ बलको सामना गर्दा २ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्र मल्ल ११ रनमा पवेलियन फर्किंदा अघिल्ला खेलमा चम्किएका कुशल मल्ल २ रनमा क्याच आउट भए । भीम सार्कीले ३८ बलमा ४ चौकाको मद्दतमा ४४ रन बनाउँदा आरिफ शेख १५ रनमा क्याच आउट भए ।

बलिङतर्फ पीएनजीका सिमो कामीयाले १० ओभरमा ३८ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए । रिले हिकुरेले १० ओभरमा ५० रन खर्चिएर तीन विकेट निकाल्दा एली नाओले १० ओभरमा पीएनजीका लागि सर्वाधिक ७५ रन खर्चिएर एक विकेट लिए ।श्रृंखलामा शुक्रवार पिएनजी र संयुक्त अरब इमिरेट्स (युएई) बीच अ‍ेल हुनेछ । लिग २ तालिकाको शिर्ष तीनमा रहेर सोझै विश्वकप छनोटमा स्थान बनाउन नेपालका लागि श्रृंखला क्लिनस्विप गर्नुपर्ने दबाब छ । एक खेल मात्रै पराजित भए नेपाललाई विश्वकप छनोटमा सोझै स्थान बनाउन कठिन हुनेछ । यस्तै एकदिवसीय मान्यता जोगाउन नेपालले दुई खेल मात्रै जिते पर्याप्त हुनेछ ।

२०७९ फाल्गुन २५, बिहीबार प्रकाशित 1 Minute 213 Views

ताजा समाचार