२०८१ बैशाख २२ शनिबार

बजाज पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष पुरुष खेलाडीको अवार्ड अन्जन विष्टलाई

 

१९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष पुरुष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका फरवार्ड अन्जन विष्टले जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च ले मंगलबार काठमाडौंमा आयोजना गरेको बिशेष समारोहकाबीच अन्जनलाई वर्ष पुरुष खेलाडी अवार्ड प्रदान गरेको हो । अन्जनले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरे । त्यस्तै बर्ष महिला खेलाडीको अवार्ड नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले जितेकी छन् । त्यस्तै लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको छ । लाइफटाइम एचिभमेन्ट अवार्डसँगै वन्तले नगद ५० हजार प्राप्त गरे ।

पिपुल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी छन् । त्यस्तै नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरी वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् भने ओलम्पियन पारा खेलाडी पलेशा गोबद्र्धन श्रेष्ठलाई पारा एथलिट अवार्ड प्रदान गरेको छ । त्यस्तै नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सदस्य मनिष डाँगी वर्षको उत्कृष्ट युवा खेलाडी घोषित हुन सफल भए ।

२०७९ फाल्गुन २३, मंगलवार प्रकाशित 1 Minute 391 Views

ताजा समाचार