
मेरो प्यारो दिदी,
सादर नमस्कार
सञ्चै छु । तपाई पनि भगवानको दरवारमा सुन्दर बगैचामा नौ वर्षकी बालिका रमाएर खेलिरहनु भएको होला । तपाईको दिव्यरुप, बुद्धि देखेर देवी देवता पनि कति खुसि भएका होलान । विछोडिएका परिवारजन पनि भेट भयो होला ।
सम्झनामा पहिलो स्मृति
दिदी तपाइको र मेरो उमेरमा दश वर्षको फरक थियो । तपाईलाई पहिलो महिनावारी भएको रहेछ । तपाई घर माथीको बाँसघारीमा बसेर रोइरहनु भएको थियो । आमाले घरको आँगनबाट के के भनेर सम्झाउनु भयो मैले बुझिन । १३ वर्षमा तपाईलाई महिना वारी हुँदा मेरो उमेर ३ वर्षको त थियो होला । साँझ पर्न भन्दा पहिला के आमाले थुन्छेमा के को हालेर पठाउनु भयो । त्यसमा लुगाहरु दैनिक चाहिने आवश्यक सबै चीज राखेर कान्छि फूपूकोमा पठाउनु भएको थियो । म पनि दिदीलाई छोड्न सक्दिन थिए गए । दिदी सबैकी प्यारी अनुहार Cute हात गोडा नरम खोट लाउने ठाउँ थिएन । राती अगेना वरिपरि भएको ओछ्यान । फूपू र दिदी कति वेरसम्म कुरा गरेर निदाउनु भयो थाहा छैन । म पनि कति खेर निदाएछु ।
किसोर अवस्थाको दिदी
दिदी सुकुमारी हिम्मतशाली सदर मुकामको घरमा दाजु भाई र दिदी बस्नुहुन्थ्यो । छोरीलाई दिने सुरक्षा पुरा ध्यान दिईएको कोठामा दाजुहरु एउटामा मात्र दिदी एउटा कोठामा । साहु महाजनको छोरी इज्जतमा बस्नु पर्दथियो । आमाले आफ्नो सुरक्षाको लागि दिएको खुकुरी डाहिले कम्मरमा हुन्थियो । फेरी म पनि दिदीसँग पढ्न सदरमुकाम इलाम बजारको घरमा आए । बेलैमा पढ्न थाले जसको कारण १३ वर्षमा नैं SLC दिन पाएँ ।
कलेज पढ्दाको दिदी
ठुलो दाजु र दिदीले सँगै SLC पास गर्नुभयो । उहाँहरुको रिजल्ट पनि रेडियोले बताउथ्यो । घरमा खुसिको माहोल । त्यसपछि कलेज पढ्न थाल्नु भयो । दिदीहरुको त्यो ब्याज हुनहारको थियो । जाने गै सके । रहेकाहरु आ-आफ्नो क्षेत्रमा योगदान पुयाएर बसेको हुनुहुन्छ । राजनीति, भाषण गर्ने कला मेरो दिदीको अदभुत थियो । जहिले पनि सकृय हुन मेरो ठुलो दाजुले पथ प्रदर्शक र संरक्षकको काम गर्नु भयो । धन्य दाजु !!
मेरो जीवनमा मेरो दिदीको योगदान कति थियो बयान गरेर सक्दिन । विवाह पछि पनि दिदीले बाबु आमा र भाई बहिनीको सेवा अथक रुपमा गरिरहन भयो । मेरा द्वारा छोरी हर्काउने काम मेरो दिदीले गर्नु भयो । दिदीका छोरी थिएनन् । मेरो छोरीलाई तेरो र मेरो आदी आदी ल भन्न हुन्थ्यो ।
मेरो त्यस्तो दिदीले फागुन ५ गते सोमबार हार्ट एटेक भएर मृत्युलाई वरण गर्नु भयो । विहानको पौने ९ बजे दिदीले त्यो सुन्दर संसार छोडेर जानु भयो । उहाँ त जानु भयो हाम्रा मुख्य गरेर म आफुलाई कति गाह्रो भयो । कति भौतारिएर कति कुदे । साडेतीन तलाको घर दुःख पिडाले कति छिटो यो के भयो ? भन्ने शब्द मात्र मुखबाट निस्कन्थीयो । मेरो जीवनको केही अर्थ रहेन । मलाई कपाल कोर्न, खान, लुगा लगाउनु केहि पनि मन परेन । म धेरै दुःखी भए मेरो संसार हरायो विलिन भयो । कहाँ विलिन भयो मलाई थाहा छैन । मेरो बुवा आमा र दिदी आँखाबाट छलिएका कतै गएका होला । म भेट्टाउछु समाउछु रुन्छु चिच्याउछु भकभकाउछु चाप्प परेर राख्छु जस्तो एउटा अवोध बालकको जस्तो सोच आउछ । हिम्मत हारेको छैन खोजी जारी छ ।
दुःखका दिनहरु शुरु मात्र भएको छ । अझ कति बेवर्नु पर्ने हो ? त्यस पछि भुकम्प आयो आफुलाई बस्न भनेर भयौ सजिलो सबै कुराले व्यवस्थित घर चर्कियो भत्काउनै पर्ने भयो भत्कायौ । मेरो दिदी भएको भए मलाई केही हुने थिएन । जीवनको पिलर छैन । त्यसपछि एक वर्ष ‘पनि सबै चीज़ अन्तिममा म आफैलाई तेसो अवस्था सी ग्रेडको क्यान्सर भयो । मलाई मेरो दिदीको शख्त जरुरत थियो । काखको लागी, भावना विसाउन छोरा छोरी जिम्मा लागनु तर के गर्ने हुनु हुन्न । अस्ती भरखर देवघात गए क-कसले के के खोजे थाहा छैन मैले मेरै दिदी खोजे । जंगलमा, खोलामा, भजन कृतन पुराणमा तर छैन भेटिन । मलाई धेरै माया लाग्छ दिदी छाती चिरा हुन दिमाग सुन्य छ मात्र तपाईलाई खोजिरहन्छ खोजिरहन्छु खोजिरहनु । खोजीका यात्रा जारी छ । मायाको नदी बगिरहेछ । तपाईलाई भेनाउन कोसिस जारी छ आजलाई विदा । फेरी फेरी तपाईलाई सम्झेर पत्रहरु कोर्ने नै छु ।

लेखक प्यारी बहिनी बिमला कार्की
२०७९ फाल्गुन १९, शुक्रबार प्रकाशित
1 Minute
392 Views

