२०८१ बैशाख ८ शनिबार

युएईलाई हराउँदै ८ वर्षपछि नेपाल यू–१९ क्रिकेट विश्वकपमा

आजमान । नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई हराउँदै विश्वकपमा पुगेको छ । ६ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको छ ।

योसँगै २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकपको नेपालले स्थान बनाएको छ ।
जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै नेपालको जित पक्का गराएका हुन् ।

युएईका मध्यक्रमका ब्याटर इथान डी सोल्झाले ६६ बलमा ५ चौकासहित सर्वाधिक ५० रनको योगदान दिए । ओपनर अर्यान्श शर्मा ५० बलमा ४ चौकासहित ३२ रनमा सुवास भण्डारीको बलमा बोल्ड आउट भए । पहिलो विकेटका लागि ओपनर अर्यान सक्सेना र अर्यान्शले १७.२ ओभरमा ६७ रनको साझेदारी गर्दै युएईलाई राम्रो सुरुवात दिलाएका थिए ।
सुवास भण्डारीले अयान्शलाई आउट गर्दै पहिलो सफलता दिलाएका थिए । त्यसपछि नेपालले पाँच रनको अन्तरमा थप दुई विकेट लिँदै ७२-३ को अवस्थामा पुर्याएको थियो । चौथो विकेटका लागि ध्रुव र सोल्झाले ४२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
दीपेश कँडेलले अर्का ओपनर अर्यान सक्सेनालाई ६५ बलमा ५ चौकासहित ३४ रनमा दीपक डुम्रेबाट क्याच आउट गराए । सुवास भण्डारीले २२ औं ओभरको अन्तिम बलमा कप्तान आयन खानलाई कप्तान देव खनालबाट शून्यमा क्याच गराएपछि नेपाल खेलमा फर्किएको थियो । स्पिनर दीपेश कँडेलको बलमा विशाल विक्रम केसीले लङअनमा सानदार क्याच लिदै ध्रुव पराशरलाई १७ रनमा पेभेलिएन फर्काएका थिए ।
नेपालका सुवास भण्डारीले १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि आजमान रहेको इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.५ ओभरमा १ सय ९१ रनमा अल आउट भएको थियो । नेपालका कप्तान देव खनालले ८४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । देव बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

देव स्पिनर अमर बदामीको बलमा कट खेल्ने धुनमा एज लागेर फस्ट स्लिपमा आयनबाट क्याच आउट भएका थिए । देवले कुवेतविरुद्ध १ सय २५ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

एक समय १९–३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि उत्तम थापामगर र देव खनालले ८४ रनको उत्कृष्ट साझेदारी गर्दै खेलमा फर्काएका थिए । उत्तम स्पिनर आयन खान अफ्जलको बलमा एलबीडब्लू आउट हुन पुगेका थिए । उत्तमले ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।

यी दुई ब्याटरपछि भने नेपालबाट राम्रो साझेदारी हुन सकेन । नेपालले लगातार विकेट गुमाई रह्यो र मध्यम योगफलमै रोकियो । नेपालले पहिलो ओभरको पहिलो बलमै ओपनर दीपक बोहरालाई रोयल डक गुमाउन पुगेको थियो । बोहरालाई तीव्र गतिका बलर हरित हर्ष सिठ्ठीले बोल्ड गर्दै नेपाललाई केहि दबाबमा राखे ।

चौथो ओभरको पाँचौं बलमा नेपालका ओपनर अर्जुन कुमाल तीन रनमा क्याच आउट भए । अर्जुन स्पिनर हर्षितको बलमा क्याच आउट भएका थिए । नेपालका प्रमुख ब्याटर अर्जुन आउट भएपछि सुरुवातमा युएई खेलमा हाबी बनेको थियो ।

हरितले यस प्रतियोगितामा राम्रो प्रदर्शन गरेका तेस्रो नम्बरका ब्याटर आकाश त्रिपाठीलाई ९ रनमा बोल्ड गरे । देव आउट भएपछि तल्लोक्रममा विशालले इनिङ सम्हाल्ल खोजेका थिए । तर विशाल धेरै समय क्रिजमा टिक्न सकेनन् । आयन खानको बलमा विशाल विक्रम केसी ५० बलमा ५ चौकासहित ३८ रनमा एलबीडब्लू आउट भए ।

उनी अम्पारको निर्णयमा असन्तुष्ट ब्यक्त गरेका थिए । त्यसअघि मिलन बोहरा २१ बलमा १ चौकासहित १० रनमा रन आउट भए । हेमन्त धामी १३ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए ।

दीपेश कँडेलले १५ रनमा आउट भए । युएईका कप्तान आयन खानले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । हरितहर्ष सिट्ठीले दुई विकेट लिए । ध्रुव परासरले ६.५ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३, तेस्रो खेलमा हङकङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो ।

युएईसँग नेपालको फराकिलो हार
दुबई ।  नेपाल आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईसँग रनको फराकिलो अन्तरले पराजित भएको छ । यो हारसँगै नेपालको शीर्ष तीनमा रहँदै सोझै विश्वकप खेल्ने सम्भावना निकै कठिन बनेको छ ।

नेपालका कुशल मल्लले ५३ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ६० रन बनाए । लज्जास्पद ब्याटिङ गर्नेक्रममा नेपालका खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले १।२ ओभरमा १२ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेल सबिर अलीको बलमा मोहम्मद वासिमबाट ५ रनमा क्याच आउट भए । तीव्र गतिका बलर जुनैद सिद्दिकले तेस्रो ओभरको तेस्रो बलमा विकेटकिपर वृत्य अरविन्दबाट शून्यमा क्याच गराए । एक बलपछि कप्तान रोहित पौडेल बोल्ड आउट हुन पुगेपछि नेपाल १७-३ को अवस्थामा पुगेको थियो ।
त्यसपछि नेपालले लगातार विकेट गुमायो । आरिफ शेख डक, दीपेन्द्रसिंह ऐरी ७, गुलशन झा र सोमपाल कामी ४-४ रनमा आउट भए ।
युएईका रोहन मुस्तफाले ८ ओभरमा २ मेडनसहित १७ रन खर्चेर ३ विकेट लिए ।

 

२०७९ फाल्गुन १८, बिहीबार प्रकाशित 1 Minute 260 Views

ताजा समाचार