२०८१ बैशाख १३ बिहीबार

बाँसबारी वनमा एमाले एक्लै चुनावी मैदानमा

मेचीनगर, १७ फागुन । पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य मेचीनगरको बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको यही फागुन २० गते शनिबार निर्वाचन हुँदैछ ।

नयाँ समितिका लागि उपभोक्ताहरु अलग-अलग समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । एकातिर एमाले निकट समूह र अर्कोतिर काँग्रेस, माओवादी, राप्रपा निकटलगायतको समूह चुनावी मैदानमा उत्रिएको हो ।

वन समूहको १२ सदस्यीय पदमा निर्वाचन हुँदैछ । एमाले निकट उपभोक्ता हकहित संरक्षणका लागि बामपन्थी समूह र काँग्रेस निकट लोकतान्त्रिक समूह चुनावमा होमिएको छ । एमालेबाट अम्बिका मैनाली प्रसाईं अध्यक्ष पदमा उठेकी छिन् भने काँग्रेस समूहबाट भक्त तामाङलाई अगाडि सारिएको छ ।

बुधबार मेचीनगर-११ मा एमाले निकट उपभोक्ता हकहित संरक्षणका लागि बामपन्थी समूहको उम्मेदवार परिचय कार्यक्रम सम्पन्न भएको छ । उक्त समूहबाट उपाध्यक्ष पदमा यशोदा डाँगी, सचिव पदमा कृष्णप्रसाद भट्टराई, कोषाध्यक्ष पदमा सुनिल राजवंशी र सहसचिव पदमा नरेन्द्र राईको उम्मेदवारी रहेको छ ।

यस्तै, सदस्य पदमा सुर्जन कवर, झुमा भेटवाल, दिना बराइली, सागर अधिकारी, विष्णुबहादुर पन्त र विमला चापागाईंको उम्मेदवारी परेको छ । सदस्य पदमा गीता कवर भने निर्विरोध निर्वाचित भइसकेकी छिन् ।

उम्मेदवार परिचय कार्यक्रममा एमाले नेता तथा बाग्मती प्रदेशका पूर्व प्रमुख विष्णु प्रसाईं, वन समूहका पूर्व अध्यक्ष शम्भू रावजंशी, परिमल ग्वाल, एमाले मेचीनगर-११ का वडा कमिटी अध्यक्ष सागर ओली, इन्चार्ज सन्तोष कुमार मेचे लगायतले बधाईं तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बाँसवारी वन समूहले सञ्चालन गरेको पर्यटकीय क्षेत्रको विकास र संरक्षणको मुद्दा बनाएर बामपन्थी समूह उपभोक्ताको घरदैलोमा मत मागिरहेको छ । उक्त वन समूहमा ४८२ उपभोक्ता घरधुरी रहेका छन् । एक उपभोक्ता घरधुरीबाट दुईजनाले मतदान गर्न पाउने छन् ।

२०७९ फाल्गुन १७, बुधबार प्रकाशित 1 Minute 184 Views

ताजा समाचार