२०८१ बैशाख १४ शुक्रबार

झापामा सडक पार गर्दै गर्दा कारको ठक्करबाट दुईजनाको मृत्यु

झापा ।  कन्काई नगरपालिका–८, लक्ष्मीपुर चोकमा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ ।

गए राति करिब पौने १२ बजे सडक पार गर्दै गरेका स्थानीय ३२ वर्षीय सन्तोष गुरुङ र ३७ वर्षीय खगेन्द्र बयलकोटीलाई ना४च ४५२५ नम्बरको कारले ठक्कर दिएको थियो । उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरूका शव बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा राखिएको छ ।

पूर्व–पश्चिम राजमार्गमा कारले ठक्कर दिएको हो । उक्त कार प्रहरीको नियन्त्रणमा छ । चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ ।

२०७९ फाल्गुन १७, बुधबार प्रकाशित 0 Minutes 376 Views

ताजा समाचार