२०८१ बैशाख ८ शनिबार

फागुनको दोस्रो साता लाग्दा बल्ल देशको राजधानीमा हिउँदे वर्षा

फागुनको दोस्रो साता लाग्दा बल्ल देशको राजधानीमा हिउँदे वर्षा भएको छ । हिउँदभरि वर्षा नभएको काठमाडौ उपत्यकामा आइतबार दिउँसो एकासी पानी परेको हो । आइतबार प्रवेश गरेको पश्चिमी निम्नचापीय प्रणालीका कारण वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानीसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी परेसँगै दोलखाको कालिञ्चोक मन्दिर आसपासका डाँडाहरूमा हिमपात भएको बताइएको छ । दिउँसो ३ बजेदेखि पानी संगै हिउँ झरेको हो । आन्तरिक तथा बाह्य पर्यटकका लागि हिउँ खेल्न जाने आकर्षक गन्तव्यको रुपमा कालिञ्चोक भगवती मन्दिर क्षेत्र र कुरिबजार रहने गरेको छ ।

२०७९ फाल्गुन १४, आईतवार प्रकाशित 0 Minutes 134 Views

ताजा समाचार