२०८० फाल्गुन १९ शनिबार

झापाकी टंकमायाको १० वर्षपछि साउदीबाट उद्धार

झापा  । घरेलु कामदारको रूपमा १० वर्षअघि साउदी अरब पुगेकी झापाकी ४३ वर्षीया टंकमाया आङ्बो चार महिना दूतावासको सेल्टरमा बसेर फागुन १० मा नेपाल आइपुगेकी छन् ।

२०१० मा कुवेतमा घरेलु काम गर्न गएकी उनी रोजगारदाताबाटै दुई वर्षपछि साउदी पठाइएकी थिइन् । साउदीको आवासीय अनुमति ९भिसा० नभएकाले स्वदेश फर्किन नसकेकी उनी रोजगारदाता परिवर्तन गर्दै बसिरहेकी थिइन् । छोराको मृत्यु भएका कारण स्वदेश फर्किनुपरेपछि उनी चार महिनाअघि साउदीको जेद्दास्थित नेपाली महावाणिज्यदूतको कार्यालयमा पुगेकी थिइन् । ‘सामान्य अवस्था भइदिएको भए म नेपाल जाने थिइनँ, मेरो छोरोको मृत्यु भएको एक वर्षभित्र पुग्नुपर्ने भएकाले जान लगेको हुँ, मेरो श्रीमान्ले दोस्रो विवाह गरिसकेको छ, छोराको काम आफैंले गर्नुपर्नेछ,’ उनले भनिन् ।

टंकमायाको साथमा रोजगारदाता थिएन । रोजगारदाताले एउटा ट्याक्सीमा चढाइदिएर महावाणिज्यदूतको कार्यालयमा पठाइदिइएको थियो । उनी साउदीको कुन क्षेत्रमा काम गर्थिन् भन्ने थाहा थिएन । ‘जेद्दा आइपुग्न झन्डै ६ घण्टा लाग्यो, मलाई पु¥याउन मालिक–मालिक्नी दुवै जना उनीहरूकै गाडीमा आए, उनीहरूले जेद्दाको डाउनटाउनसम्म ल्याइदिएपछि एउटा ट्याक्सीमा चढाएर मलाई दूतावास पठाइदिए,’ उनले भनिन् ।

भिसाविहीन भएका कामदारलाई काममा लगाउँदा जरिवाना तिर्नुपर्ने नियम साउदीको छ । त्यो नियमबाट बच्नका लागि रोजगारदाताले महावाणिज्य दूतको कार्यालयमा पु¥याउन नगएका हुन् । उनी जेद्दाबाट झन्डै ५ सय किमि टाढाको स्थानमा काम गर्दै आएकी थिइन् ।
सन् २०१० तिर नेपालबाट व्यक्तिगत स्पोन्सर भएपछि घरेलु कामदारमा काम गर्न जान पाइने नीति थियो । वैदेशिक रोजगार विभागले कुवेतस्थित नेपाली दूतावासले करारपत्र प्रमाणीकरण गरिदिएपछि श्रम स्वीकृति दिने गर्थ्यो । तर, साउदी अरवस्थित नेपाली दूतावासले भने घरेलु कामदार ल्याउन अनुमति दिएको थिएन ।

साउदी अरबका रोजगारदाताहरूले कुवेतस्थित घरेलु कामदार आपूर्ति गर्ने म्यानपावर एजेन्सीबाट घरेलु कामदार ल्याउने गथ्र्यो । त्यसरी साउदीको भिजिट भिसामा ल्याएका घरेलु कामदारलाई घरेलु कामदारको भिसामा परिणत नगरी गैरकानुनी हैसियतमा काममा लगाएर राख्ने प्रवृत्ति थियो ।
रोजगारदाताले सिधै नेपाल पठाउन नसक्ने भएपछि उनी महावाणिज्यदूतको कार्यालयमा पुगेकी थिइन् । उनले आफूमाथि कुनै पनि रोजगारदाताले आर्थिक शोषण नगरेको बताइन् । सबैबाट पाउनुपर्ने तलब भने पाएको बताइन् ।
दूतावासका अनुसार टंकमाया कुवेतबाट आँउदा केही भेटिएन । कुन बिन्दु र कोसँग साउदी छिरेको हो भनेर पहिचान भएन । त्यसपछि कहाँ–कहाँ काम गरेको भन्ने पनि खुलेन । टंकमाया साउदी भित्रिएको अभिलेख नै फेल नपरेपछि बहिर्गमन (एक्जिट) भिसा पनि लागेन । एक्जिट भिसा पाउनका लागि निकै कठिन भयो । महावाणिज्यदूतको कार्यालयले साउदी भित्रिएको अभिलेख पत्ता लगाउन धेरै पटक सरकारी निकायसँग बैठक गर्नुपरेको थियो ।

जेद्दास्थित मानव संसाधन मन्त्रालयले श्रम भिसामा नआएकाले परराष्ट्रमार्फत जान अनुरोध ग¥यो । ‘बहिर्गमन भिसा एवं क्षतिपूर्तिको व्यवस्थाका लागि पटक–पटक साउदी सरकारका विभिन्न निकायहरूमा लेखापढी तथा बैठकहरूमार्फत प्रयास ग¥यौं, साउदी प्रवेश एवं यहाँको कानुनी हैसियतसम्बन्धी रेकर्ड अभावमा बहिर्गमन भिसा प्राप्त गर्न नसकिएपछि साउदी अरबको परराष्ट्र मन्त्रालयसँग पटक–पटक बैठक तथा छलफल ग¥यौं,’ कार्यवाहक महावाणिज्यदूत शत्रुधन पोखरेलले भने, ‘निरन्तरको प्रयासपछि टंकमायाको बहिर्गमन भिसा प्राप्त गर्न सफल भयौं ।’ अध्यागमनले भिसा दिएपछि दूतावासको पहलमा गैरआवासीय नेपाली संघ, साउदी अरबले नेपाल फिर्तीका लागि हवाई टिकटको व्यवस्था गरिदिएको थियो । आजको कान्तिपुरबाट

२०७९ फाल्गुन १४, आईतवार प्रकाशित 0 Minutes 267 Views

ताजा समाचार