२०८१ बैशाख १४ शुक्रबार

चकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै विरोध प्रदर्शन

त्रिशुली अस्पतालका चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारका स्थानीयले बिरोध प्रदर्शन गरेका छन् । अस्पतालमा सुत्केरी गराएकी स्थानीय सरिता न्यौपानेको मृत्यु भएपछि स्थानिय आन्दोलित भएका हुन् ।

उनीहरुले घटनाको छानबिन तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दिपेन्द्र पाण्डेको राजीनामा माग गर्दे शनिबार बिहान पिपलटार–गंगटे सडकमा प्रदर्शन गरेका हुन ।

यसअघि बिहीबार साँझ अस्पताल प्रशासन र बिरामीको आफन्तबीच घटनाको छानबीन गरी दोषीमाथि कारबाही गर्ने र नवजात शिशुको पालन पोषणका लागि ५ लाख रुपैयाँ दिने सहमति भएको थियो । तर, अस्पतालले मृतकका आफन्तको गल्ती देखिने आशय सहित शुक्रबार बिज्ञप्ती जारी गरे पछि स्थानिय विरोधमा उत्रिएका हुन् ।

२०७९ फाल्गुन १३, शनिबार प्रकाशित 0 Minutes 244 Views

ताजा समाचार