२०८१ बैशाख १४ शुक्रबार

पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न नेपाललाई ओलीको प्रस्ताव

 

नयाँ राष्ट्रपतिको मनोनयन दर्ता गर्ने मिति नजिकिदै जाँदा प्रमुख दलहरुविच छलफल र उम्मेदबारको चर्चा च्ुलिएको छ । राष्ट्रिय सहमतिमा स्वतन्त्र व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने माग उठेपनि प्रमुख दलले भने राजनीतिक व्यक्तिलाई नै उम्मेदवारका रुपमा प्रस्तुत गरिरहेका छन ।

संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेका दलहरु चकित बनाउदै गत पुस दश गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । त्यसको दुई महिनापछि हुन लागेको राष्ट्रपति निर्वाचनमा भने त्यो गठबन्धन भत्केर नयाँ किसिमको गठबन्धन बन्ने जस्तो संकेत देखिन थालेका छन । एमाले –माओवादी गठबन्धनका कारण सत्ता गुमाएको कांग्रेस प्रधानमन्त्री दाहाललाई विश्वासमा लिएर राष्ट्रपति आफुले लिने प्रयास गरिरहेको छ । यसैविच सरकार बनेको दुई महिनाको अवधिमा पुनः एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेर कांग्रेस–माओवादीलाई आश्चर्यमा पारिदिएको छ ।

माओवादी नेतृत्वले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने अडान लिएसँगै एमाले नेतृत्व झस्किन पुगेको थियो । जसरी पनि राष्ट्रपति आफ्नो पोल्टामा पार्न खोजिरहेको एमालेले माओवादीको व्यवहारलाई हेरेर नेपाललाई राष्ट्रपति दिएर पार्टी एकताको प्रस्ताव गरेको हो । माओवादीको असहयोगका कारण कांग्रेसलाई राष्ट्रपति सुम्पिनुभन्दा नेपालसँग सहकार्य गर्न एमाले अध्यक्ष ओली तयार देखिएका हुन । तर सरकारको नेतृत्व गरिरहेको माओवादी भने अध्यक्ष नेपाललाई एमालेको एकल उम्मेद्वारको रुपमा नभइ राष्ट्रिय उम्मेद्वारको रुपमा अगाडि सार्नुपर्ने अडानमा छ ।

राष्ट्रपति दाबी गरिरहेको एमालेबाट ईश्वर पोखरेललाई राष्ट्रपति बनाउनुपर्ने दबाब थियो । तर वरिष्ठ उपाध्यक्ष पोखरेललाई राष्ट्रपति बनाउन माओवादी नेतृत्वले आनाकानी गरेसँगै एमालेले महन्थ ठाकुरलाई पनि अघि सार्ने विषयमा छलफल गरेको थियो । प्रधानमन्त्री दाहाल एमाले बाहिरवाट उम्मेदवार बनाउने प्रयत्नमा लागेपछि त्यसलाई असफल बनाउन नेपालको नाम चर्चामा ल्याएको अनुमान गरिएको छ ।
विगतमा गठबन्धनमै रहेको दलका नेता नेपाललाई राष्ट्रपतिमा एमालेले प्रस्ताव गरेपछि कांग्रेस भने पुन झस्किएको छ । एमाले अध्यक्ष ओली र नेता नेपालबीचको कटुतापूर्ण सम्बन्धका कारण कांग्रेस र माओवादी छाडेर माधव नेपाल एमालेसँग नजिक हुने सम्भावना भने कमजोर देखिन्छ ।

 

२०७९ फाल्गुन ९, मंगलवार प्रकाशित 1 Minute 518 Views

ताजा समाचार