२०८१ बैशाख ८ शनिबार

महाशिवरात्रिका अवसरमा पन्ध्र लाख भक्तजनले पशुपतिनाथको दर्शन गरे

महाशिवरात्रिका अवसरमा हिजो पन्ध्र लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन । पशुपति क्षेत्र विकास कोषका अनुसार सात लाख भक्तजनले पशुपतिको मूल मन्दिरको दर्शन गरेको र मन्दिर परिसरमा भने झण्डै पन्ध्र लाख भक्तजन पुगेको जानकारी दिएको हो । शिवरात्रीमा पशुपतिनाथ मन्दिरको दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको थियो ।

पुजाका लागि दर्शनार्थीले दुई घन्टा भन्दा लामो समय लाइनमा बस्नुपरेको थियो । मन्दिरमा १५ लाख भन्दा धेरै भेटी संकलन भएको छ । संकलन भएको भेटी आज गणना गरिने कोषले जनाएको छ । अनुसार महाशिवरात्रिका अवसरमा पशुपति आएका साधु सन्तको बिदाइ भने भोली गरिनेछ । साधुसन्तलाई कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने प्रचलन छ । साधुसन्तलाई स्तर वर्गीकरण गरेर पाँच सयदेखि आठ हजारसम्म दान दक्षिणा दिने गरिन्छ ।

२०७९ फाल्गुन ७, आईतवार प्रकाशित 0 Minutes 427 Views

ताजा समाचार