२०८१ बैशाख १२ बुधबार

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत चयन

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । प्रज्ञाभवन कमलादीमा मंगलबार बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई सर्वसम्मतरूपमा दलको नेतामा चयन गरेको सांसद महेश बर्तौलाले जानकारी दिए । ओलीलाई दलको नेतामा निर्वाचित गर्नका लागि उपाध्यक्ष विष्णु पौडेलले प्रस्ताव र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले समर्थन गरेका थिए ।

बैठकले मतदाताहरुलाई धन्यवाद र निर्वाचनको क्रममा मृत्यु भएका एमाले कार्यकर्ताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको भर्त्सना गरेको सांसद बर्तौलाले बताए । उनका अनुसार मृतकका परिवारलाई राहत दिन सरकारसँग माग गर्ने बैठकले निर्णय गरेको छ ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा एमालेले प्रत्यक्ष ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ सिटमा जित हात पारेको छ । प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको एमाले समानुपातिकतर्फ भने पहिलो दल बनेको थियो । एमालेले समानुपातिकतर्फ पहिलो दल बन्दै २८ लाख ४५ हजार ६ सय ४१ मत प्राप्त गरेको थियो । कान्तिपुर

२०७९ पुष ५, मंगलवार प्रकाशित 0 Minutes 312 Views

ताजा समाचार