२०८१ बैशाख १३ बिहीबार

चीनको बीआरआई परियोजना गरिब देशका निम्ति ‘ऋणजाल

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना आफैलाई हानिकारक हुने देखिएको छ । राष्ट्रपति सीले बीआरआई–मार्फत १५० भन्दा बढी देशलाई नियन्त्रण गर्न पाउँदा खुसी भए तापनि यसका प्राप्तकर्ता देशहरूमा रहेको ऋण संकटले चीनको आफ्नै वित्तलाई असर गर्न सक्छ ।

किनभने यसले डिफल्ट देशहरूको ऋण चुक्तामा गम्भीर कटौती गर्नुपर्नेछ । यस्तै हो भने बीआरआई परियोजना चीन आफैँका लागि घाँटीमा अड्केको हड्डी जस्तो बन्न सक्छ ।
बीआरआई परियोजनाले विश्वका अधिकांश निम्न–मध्यमवर्गीय देशहरूलाई कंगाल बनाएको संकेत देखा पर्न थालेको छ । जबकी चीनले १५० देशसँग आफ्नो वित्तीय र राजनीतिक प्रभावको फाइदा उठाउने उद्देश्यले लगभग एक ट्रिलियन डलरको लगानी गरेको छ । यो योजनामा सहमति भएपछि न्यून आय भएका मुलुकको आर्थिक अवस्था गम्भीर र चिन्तित बन्दै गएको छ । यसमा हस्ताक्षर गर्नुको अर्थ स्पष्ट रूपमा भारतले विशेष गरी पाकिस्तान प्रशासित कश्मीरमा सञ्चालित चीन–पाकिस्तान आर्थिक करिडोर परियोजनाहरलाई स्वीकार गर्नु हो । जुन क्षेत्रीय अखण्डताको स्पष्ट उल्लंघन थियो ।
वास्तवमा चीनको बीआरआई प्रोजेक्टमाथि जुन देशहरूले हस्ताक्षर गरे, ती सबैलाई यस परियोजनाका लागि सी जिनपिङले महँगो ब्याज दरमा ऋण दिए । यसको साथै ती निम्नमध्यम वर्गीय देशहरूलाई यस्तो शर्तहरू लगाए कि उनीहरूको आर्थिक अवस्था बिग्रिँदै गयो र महँगाईले देशको आर्थिक अवस्था चौपट बनाइदियो । श्रीलंका, बंगलादेश र पाकिस्तान जस्ता देशहरू कंगाल भइसकेका छन् । जसका कारण अहिले धेरै देशमा चीनको यो परियोजनाविरुद्ध आवाज उठिरहेको छ ।

बंगलादेशले स्पष्ट रूपमा चीनको बीआरआईलाई निम्न मध्यम आय भएका देशहरूको आर्थिक अवस्थाका लागि ठूलो खतराको रूपमा व्याख्या गरेको छ । सुरुदेखि नै भारतले विश्वलाई बीआरआईले गर्दा आर्थिक, सुरक्षा र सार्वभौमसत्ता गुमाउने खतरा रहेको बताउँदै आएको छ । आज भारतको भविष्यवाणी सत्य प्रमाणित भएको देखिन्छ । जसका कारण चीनको यो परियोजना पनि संकटमा परेको छ ।

कम आय भएका देशहरूले २०२२ मा चीनको ३७ प्रतिशत ऋण रहेको थियो । यो बाँकी विश्वको द्विपक्षीय ऋणको २४% हो । तथ्य यो हो कि ४२ वटा देशहरू वास्तवमा ठूला बैंकहरू र राज्यको स्वामित्वमा रहेका उद्यमहरूको अपारदर्शी कार्यहरूबाट चीनप्रति बढी ऋणी भएका छन् । भारतीय रणनीतिक योजनाकारहरूका अनुसार ऋण सम्झौताहरू जानाजानी सार्वजनिक क्षेत्रबाट बाहिर राखिएको छ । सडक–रेल–बन्दरगाह–भूमि पूर्वाधारमा वित्तपोषणका लागि चिनियाँ विश्वव्यापी परियोजनाहरू सहभागी देशहरूका लागि ऋणको प्रमुख स्रोत बनेका छन् ।

चीनको बीआरआई परियोजनामा जोडिएका राष्ट्रहरु आज अप्ठ्यारो परिस्थितिबाट गुज्रनु परेको छ । देखाउने र गर्ने तरिकामा फरक आउँदा समस्या निम्तिएको ती मुलुकहरुले बताउँदै आएका छन् । अतः चीनको बीआरआई परियोजना केवल स्वार्थ केन्द्रित लगानी भएको बुझ्न सकिन्छ । अन्य मुलुकको हितमा कदापि छैन भन्ने कुरा पुष्टि हुँदै गएको छ ।

 –समीर राई (झापा)

२०७९ फाल्गुन ५, शुक्रबार प्रकाशित 0 Minutes 612 Views

ताजा समाचार