२०८१ बैशाख १४ शुक्रबार

२०७९ पुस ५ गतेको राशीफल – Janasamsad Online

आजको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : परिस्थिति अनुकूल रहे पनि भौतिक असुविधाले दुःख पाइनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ। तर बलजफ्तीले समस्या निम्त्याउन सक्छ। गलत चिन्तन र विचारले स्वयं आलोचित भइनेछ। हातमा आएको रकम अरूका लागि खर्चनुपरे पनि समय मनोरञ्जनपूर्ण रहनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : द्वेष तथा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् र कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्छाएर लाभ लिन सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : व्याहारिक समस्याले याेजना स्थगन हुने देखिन्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। फाइदा लिन समय प्रतीक्षा गर्नुपर्ला। काममा भने समय दिन नसकिएला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : हतारमा गरिएको निर्णयले समस्या निम्त्याउन सक्छ। साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला। केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ। कृषि तथा पशुपालनबाट पनि सामान्य फाइदा मिल्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : अवसर प्राप्त भए पनि परिस्थिति सहज नरहला। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। काम बने पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना थाल्न समस्या पर्नेछ। व्याहारिक अलमलले पनि आँटेका काममा बाधा पुर्याउन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। आर्थिक पक्षमा ठूलो उपलब्धि नभए पनि ज्ञानलाई निखार्ने अवसर भने प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। आकर्षक उपहारले उत्साह जगाउनेछ। भैपरी आउने समस्या समाधान हुनेछन्। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका आफन्तजन भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।

२०७९ पुष ५, मंगलवार प्रकाशित 0 Minutes 425 Views

ताजा समाचार