
मेष : दिन सुखदायक छ । सुख–सन्तोष, कार्य सिद्धि, शारीरिक स्वस्थता, मन प्रफुल्लित होला ।
वृष : राज्यभय, मान–प्रतिष्ठामा आँच आउने, तनाव बढ्ने सम्भावना भएकाले सजग रहनुहोला ।

मिथुन : दिन शुभ फलदायक छैन । रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा हुन सक्छ ।
कर्कट : शुभ समय आएकाले धन लाभ, सम्मान, प्रतिष्ठा बढ्ने, समस्या समाधान हुने देखिन्छ ।
सिंह : सानै प्रयासमा आर्थिक लाभ, प्रतिस्पर्धा वा परीक्षा, खेलकुद आदिमा विजय हुने सम्भावना छ ।
कन्या : दिन त्यति शुभ छैन । बाथजन्य रोगको भय, कार्य असफल हुन सक्छ, सजग रहनुहोला ।
तुला : तपाईंको पेट गडबड हुन सक्छ । साथै विवाद, दिनचर्या अस्तव्यस्त नहोला भन्न सकिन्न ।
वृश्चिक : शुभ दिन भएकाले आर्थिक लाभ, पढाइ, जागिर, व्यापार आदिमा सफलता हुने देखिन्छ ।
धनु : धन हानि, व्यर्थको खर्च, मन चञ्चल, आँखामा समस्या हुन सक्ने भएकाले सजग रहनुहोला ।
मकर : दिन शुभ फलदायक छ । उपहार आदिको प्राप्ति, भाग्योदय, कार्यसफल, धन लाभ होला ।
कुम्भ : तपाईका लागि दिन सन्तोषजनक छैन । आर्थिक नोक्सानी, चोटपटकको भय होला ।
मीन : दिन बलवान् छ । द्रव्य लाभ, विविध सेवा वा वस्तुको प्राप्ति, उत्तम भोजन प्राप्ति होला ।
न्युज अफ नेपाल