२०८१ बैशाख ८ शनिबार

राजश्व संकलन आर्थिक वर्ष २०२४÷२५ पछिकै नकारात्मकः अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको राजश्व संकलन आर्थिक वर्ष २०२४÷२५ पछि पहिलो पटक नकारात्मक रहेको बताएकाछन् । आईतवार अर्थ मन्त्रालयमा बजेटको अर्धवार्षिक समीक्षाका बारेमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएकाहुन । उनले राजश्व संकलनको वास्तविकतालाई सरकारले स्वीकार गर्नुपर्ने बताए ।

अर्थमन्त्री पौडेलले स्रोत परिचालन र खर्च व्यवस्थापनको सरकार अत्यन्तै ठूलो दबाबमा रहेको समेत बताए । उनले राजश्व संकलनमा २०७९ पुस सम्मको लक्ष्य ६ खर्ब ५१ अर्ब ६२ करोड रहेकोमा लक्ष्यको तुलनामा २४.८ प्रतिशतले कम अर्थात ४ खर्ब ९० अर्ब ४ करोड मात्रै संकलन भएको बताए । मन्त्री पौडेलले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समिक्षा अवधिमा राजश्व संकलन १५ प्रतिशतले घटेको पनि उल्लेख गरे ।

उनले भने,‘स्रोत परिचालन र खर्च व्यवस्थापनको दृष्टिकोणले सरकार अत्यन्तै ठूलो चापमा छ । राजश्व संकलनको यस्तो प्रकारको नकारात्मक वृद्धिदर आर्थिक वर्ष २०२४÷२५ पछि पहिलो पटक हुन पुगेको छ । यो वास्तविकतालाई स्वीकार गर्नुपरेको छ । राजश्व परिचालनमा धेरै पछाडि परेकोले राजश्व परिचालनमा ठूलो दबाबमा छौं ।’उनले राजश्व परिचालनमा धेरै पछाडि परेकोले राजश्व परिचालनमा ठूलो दबाबमा सरकार रहेको बताए ।

 

२०७९ माघ २९, आईतवार प्रकाशित 1 Minute 250 Views

ताजा समाचार