सिन्धुली।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका १६ जना एकसाथ गायब भएका छन् । स्थानीय उर्मिला हायुको परिवार केही दिनदेखि अचानक गायब भएको हो ।

हायु परिवारका सबै १६ जना सदस्य आइतबार रातिदेखि अचानक सम्पर्कविहीन भएर गायब बनेको वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । अहिले हायु परिवारको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
सोमबार बिहान मात्रै हायु परिवार गायब भएको कुरा छिमेकीले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए।
प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थाले पनि अहिलेसम्म हायु परिवारका कोही पनि सदस्य नभेटिएको प्रहरीले जनाएको छ।न्युज अफ नेपाल
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



