२०८३ असार १७ बुधबार

शेखर कोइरालाको दाबेदारी बलियो बन्दै: सत्ता समीकरणमा हलचल

अर्जुन गजुरेल

काठमाडौं ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकार संकटमा पर्दै गर्दा कांग्रेस नेता शेखर कोइरालाले वैकल्पिक सरकार निर्माणका लागि दौडधुप तीव्र पारेका छन्। उनले पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्र अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका छन्।

सभापति देउवाप्रति असन्तुष्ट देखिएका कोइरालाले सत्ता समीकरण बदल्न सक्रियता देखाएका हुन्। जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कोइरालाको भेटवार्ता तीव्र बनेको हो। कांग्रेसभित्र गगन थापा र कोइराला नजिकिए सत्ता समीकरणमा ठूलो फेरबदल आउन सक्ने आँकलन गरिएको छ।

पूर्वराष्ट्रपति भण्डारीसँगको भेटले कांग्रेसभित्र पनि शंका उब्जाएको छ भने, माओवादी र अन्य दलसँग सहकार्यको सम्भावना पनि खोजिएको देखिन्छ। ओली–देउवा गठबन्धनविरुद्ध नयाँ समीकरणको सम्भावना कांग्रेस र अन्य विपक्षी दलहरुमा चुलिँदै गएको छ।नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

२०८२ श्रावण ३, शनिबार प्रकाशित 0 Minutes 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।