२०८१ बैशाख ८ शनिबार

पुसमा यी ४ फिल्म प्रदर्शनमा आउँदै

झापा । फिल्म रिलिजका लागि पुस महिना निर्माताको रोजाइमा कमै पर्ने गर्छ । छोटो दिन र जाडो महिना हुने भएकाले फिल्मले दर्शक नपाउने उनीहरूको भनाइ रहने गरेको छ । तर,यो पुसमा भने ४ फिल्म ‘डिसेम्बर फल्स’, ‘चि मुसी चि’, ‘गुञ्जन’ र ‘तिम्रो मेरो साथ’ एकसाथ रिलिज हुने भएका छन् ।

४ फिल्म मध्य ‘डिसेम्बर फल्स’ पुस १५ गतेबाट प्रदर्शनमा आउन लागेको हो । आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिकामा रहेको फिल्म प्रवीण झाले निर्देशन गरेका हुन् । त्यस्तै ‘चि मुसी चि’ भने पुस २२ गते प्रदर्शनमा आउने तयारीमा छ । प्रियंका कार्की,ऋचा शर्मा,बेनिशा हमाल,आयुष्मान देशराज जोशी लगायतको अभिनय रहेको फिल्म  मार्ना जेम्स र यश सैनीले संयुक्त निर्देशन गरेका हुन् ।

यस्तै पुसको अन्तिम साता भने दुई फिल्म ‘गुञ्जन’ र ‘तिम्रो मेरो साथ’ प्रदर्शनमा आउँदैछ । अष्ट महर्जनको निर्देशन रहेको ‘गुञ्जन’ मा सारा र्सिपाली,प्रितमराज,कविर खड्का लगायतको अभिनय छ । फिल्म प्रेमकथामा बनेको हो ।

तिम्रो मेरो साथ’ भने रमेश एमके पौडेलले निर्माण निर्देशन गरेका हुन् । फिल्ममा पुष्प खड्का,साम्राज्ञी राज्यलक्ष्म,सन्दीप क्षेत्री लगायतको अभिनय छ । सबै फिल्मका निर्माताले आफ्नो फिल्मले राम्रो व्यापार गर्ने दाबी गर्दै आएका छन् ।

२०७९ पुष ४, सोमबार प्रकाशित 0 Minutes 442 Views

ताजा समाचार