२०८१ बैशाख १५ शनिबार

महोत्तरीमा किर्ते कागज खडा गरि भारतीय नगरिकलाई नागरिकता

 

महोत्तरीमा किर्ते कागज खडा गरि भारतीय नगरिकलाई नागरिकता दिने कारबाहीको दायरामा आउन सकेका छैनन । किर्ते बिवरण पेश गरि नागरिकता लिएकाहरु खुलेयाम घुमिरहेपनि कारबाही नभएको सर्वसाधारणको आरोप छ ।भारत बिहार सीतामढीका का १८ वर्षीय आकाश कुमार साहलाई नागरिकता दिन सिफारिस गर्ने महोतरीको मनरासिस्वा १० का वडाध्यक्ष शशिभूषण झा र जन्मदर्ता बनाउने वडासचिव धर्मेन्द्र कुमार लाल पक्राउ परेका छन । मामा राजकिशोर साह र माईजु उर्मिला देवी साहलाई बाबु बनाएर नागरिकता बनाउन पुगेका आकाश भारतीय नागरिक रहेको खुलेपछि त्यसमा सग्लन लाई प्रशासनले नियन्त्रणमा लिएको हो । यो एउटा प्रतिनिधिमुलक घटना मात्रै हो । महोत्तरीमा नागरिकताको कीर्ते विवरण पेश गर्ने कतिपय मानिस कारबाहीको दायरमा पर्न सकेका छैनन ।

स्थानीय निर्वाचनमा मटिहानी ६ को वडासदस्य पदमा रामलखन पंजियार भारतीय नागरिक भएको उजुरी अख्तियारसम्म पुगेपनि कारबाही भएको छैन । भारत बिहारका पंजियारले २०६३ मै मटिहानी दुई ठेगाना देखाएर नागरिकता लिएको स्थानीयको दावी छ । भारतीयले नागरिकता लिएको भन्दै परेका उजुरीको छानबिन भइरहेको र केही नागरिकता रद्द गर्न सिफारिस भएको प्रशासनले जनाएको छ ।।

एकातिर कीर्ते विवरणले भारतीयले नागरिकता पाएका छन भने कतिपय नेपाली नै नै नागरिकता नपाउने अवस्था रहेको भन्दै स्थानीयले आmत्रोश पोखेका छन । किर्ते बिवरण पेश गरि नागरिकता लिएकामाथि कारवाहीको मांग गर्दै प्रशासन कार्यालय महोत्तरीमा २२ वटा उजुरी परेका छन । तर अधिकांश कारवाहीको दायरमा आउन सकेका छैनन ।२०६३ र २०७० सालमा नागरिकता टोली खटिदा कीर्ति विवरणमा आधारमा धेरैले नागरिकता लिएको भेटिएको प्रशासनको भनाइ छ । कीर्ते विबरण पेश गर्नेमाथि एक वर्षदेखि पाँच वर्षसम्म कैद वा २० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।

 

 

 

 

 

 

२०७९ माघ २६, बिहीबार प्रकाशित 1 Minute 195 Views

ताजा समाचार