२०८२ असार ४ बुधबार

लोकतान्त्रिक गणतन्त्रको पद्धतिबाट मात्रै समाज रूपान्तरण सम्भव भएको होः विश्वप्रकाश शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको पद्धतिबाट मात्रै समाज रूपान्तरणमा जान सकिएको बताएका छन् ।

केही दिनदेखि गृहजिल्ला झापामा रहेका महामन्त्री शर्माले मंगलबार धुलाबारी क्याम्पसमा ईन्जिनियरिङ संकाय उद्घाटन कार्यक्रममा बोल्दै लोकतान्त्रिक गणतन्त्र पद्धतिको बाटोबाट आज देशमा जनताको छोरा वा छोरीले सितल निवासमा राष्ट्रपति बन्ने दिन आएको बताए । उनले एउटा समुदायका मान्छे मात्रै देशको प्रधानमन्त्री बने भनिरहेको अवस्थामा अहिले कहीँ राईको छोरा मुख्यमन्त्री, त कहीँ गुरूङ, थारू, तामाङलगायत समुदायका मान्छेले देशको नेतृत्व गर्दै गरेको चित्र देखिन सम्भव रहेको बताए ।

अहिले युवा पुस्तामा बारम्बार नेतृत्वमा रहिरहने शिर्ष नेतृत्व प्रति केही निराशा रहेको छ । अब त्यो क्रमश नेतृत्व फेरिदै लैजानुपर्ने उनको भनाइ छ ।
बाइट … विश्वप्रकाश शर्मा, महामन्त्री नेपाली काँग्रेस

उनले स्थानीय क्षेत्रमा सामुदायिक क्याम्पस अन्तर्गत धुलाबारी क्याम्पसमा ईन्जिनियरिङ अध्ययान गर्न पाउनु विद्यार्थीहरुको लागि राम्रो अवसर रहेको बताउँदै यसको भरपुर सदुपयो गर्न आग्रह गरे । उनले यसबाट अभिभावकलाई पनि राहात मिलेको भन्दै अब यस क्षेत्रका अभिभावकले चर्को मुल्य चुकाएर टाढा टाढा आफ्ना छोराछोरीलाई पठाउनु पर्ने बाध्यता हटेर गएको उनको भनाई छ ।

कोशी प्रदेशमा नै पहिलोपटक सामुदायिक क्याम्पस अन्तर्गत मेची नगर १० रहेको धुलाबारी क्याम्पसले ईन्जिनियरिङ संकाय सञ्चालन गरेको छ । उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य धर्मशिला चापागाईं, पुर्व बागमती प्रदेश प्रमुख बिष्णु प्रसाईं, कोशी प्रदेश सांसद गोपाल तामाङ, पुर्व सांसद श्रीप्रसाद मैनाली, संस्थापक सञ्चालक समितिका उपाध्यक्ष राम कट्टेल, नेपाली काँग्रेसका क्षेत्रीय सभापति इन्द्र बहादुर बुढाथोकी, अग्रज पत्रकार चन्द्र भण्डारीलगायतको आतिथ्यता रहेको थियो ।

धुलाबारी क्यम्पसका अध्यक्ष भिम खवासको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रममा क्याम्पस प्रमुख पुष्पराज पौडेलले क्याम्पसमा प्राविधिक विषय सञ्चालन गर्ने बिषयमा भएका प्रयास र वर्तमानमा क्याम्पसको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै कार्यक्रमबीच जग्गादाता, क्याम्पसको संस्थापक समिति, चन्दादाता, भवन निर्माण समिति लगायतलाई सम्मान समेत गरिएको थियो । प्रत्येक बर्ष ४८ जना विद्यार्थीले सिभिल इन्जिनियरिङमा अध्ययन गर्न मिल्ने र निजि क्याम्पसमा भन्दा कम शुल्कमा नै अध्ययन गराईने क्याम्पसका निर्देशक रुद्र मैनालीले जानकारी दिए ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष पुनित कुमार बंशलले स्वागत मन्तव्य राखेको कार्यक्रम सञ्चालन शिक्षक दामोदर ढुङ्गेलले गरेका थिए ।

२०८२ असार ४, बुधबार प्रकाशित 0 Minutes 11 Views

ताजा समाचार