२०८१ बैशाख १२ बुधबार

राहदानीको आवेदनका लागि ‘अपोइन्टमेन्ट डेट’ बुकिङ खोल्ने समय परिवर्तन

झापा । राहदानी विभागले राहदानीको आवेदनका लागि ‘अपोइन्टमेन्ट डेट’ बुकिङ खोल्ने समय परिवर्तन गरेको छ ।  गत साउन १७ गतेदेखि दैनिक बिहान ११ बजे ‘अपोइन्टमेन्ट डेट’ बुकिङ खोल्ने गरेकामा मंगलबारदेखि अपराह्न साढे ३ बजेदेखि मात्रै खुला गर्न लागिएको हो ।
प्रायजसो जिल्ला र इलाका प्रशासन कार्यालयहरुले बिहान ११ बजेकै आसपासमा बुकिङ खोल्ने गरेको पाइएको र सर्भरमा चाप देखिएकाले यो निर्णय गर्नुपरेको विभागको भनाइ छ । विभागको सोमबार महानिर्देशकस्तरको निर्णयबाट यो व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

२०७९ पुष ४, सोमबार प्रकाशित 0 Minutes 354 Views

ताजा समाचार