२०८२ जेष्ठ २९ बुधबार

काठमाडौँको टोखामा गोली चल्यो, दुई जना प्रहरीको नियन्त्रणमा

न्युज अफ नेपाल

काठमाडौँ।

काठमाडौंको टोखामा गोली चलेको छ । टोखाको ग्राण्डी अस्पताल नजिकै लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले गोली चलाएर दुई जना लागुऔ’षध कारोबारीलाई नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) जनकबहादुर शाहीले जानकारी दिए।

पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय सशिक आलम र २२ वर्षीय मोहम्मद मन्जुर आलम छन्। उनीहरूबाट दुई सय ग्राम खैरो हिरोइन पनि बरामद भएको छ।

प्रहरीका अनुसार टोखा नगरपालिका वडा नं–३ मा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा ब्न्युरोको टोली त्यहाँ पुगेको र त्यहाँ भेटिएका दुबैजनालाई नियन्त्रणमा लिने प्रयास हुँदा निजहरूले फलाम रडले प्रहरीमाथि आक्रमण गरेको र त्यसपछि प्रहरीले गोली चलाउनु परेको हो।

उनीहरूको आक्रमणबाट प्रहरी वरिष्ठ हबल्दार नवराज घिसिङ र प्रहरी सहायक हबल्दार रवीन्द्र केसी घाइते भएका छन्। घाइतेहरू सबैको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको।पक्राउ परेका कारोबारीको घुँडाभन्दा मुनी गोली लागेको प्रहरीले बताएको छ।

 

 

२०८२ जेष्ठ २८, मंगलवार प्रकाशित 1 Minute 18 Views

ताजा समाचार