२०८२ जेष्ठ २८ मंगलवार

लस एन्जलसमा प्रदर्शन उग्र बन्दै, ठाउँ ठाउँमा तोडफोड र आगजनी

काठमाडौं- अमेरिकाको लस एन्जलसमा आप्रवासी माथि छापा मारेको विरोधमा भएको प्रदर्शन उग्र बन्दै गएको छ । आप्रवासी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको छ ।

दुई पक्षबीच भएको झडपका कारण आगजनी र तोडफोडका घटना समेत भएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले प्रदर्शन नियन्त्रणमा लिन ७ सय जल सैनिक परिचालन गरेको पुष्टि गरेको छ ।

अमेरिकामा अवैध रुपमा बसोबास गरिरहेकाहरुको खोजी र वहिर्गमनको काम तीब्र रुपमा भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लस एन्जलसमा मात्रै झण्डै २ हजारको संख्यामा सुरक्षा गार्डका सैनिक परिचालन गरेको बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड परिचालन गर्ने आफ्नो निर्णयको बचाउ गर्नुभएको छ ।

यसबीच क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले यस कदम विरुद्ध संघीय प्रशासनमाथि नै मुद्दा दायर गर्नुभएको छ । सेना परिचालनका विषयमा डेमोक्र्याट गभर्नरहरु एकमत भएर विरोधमा उत्रिएका हुन् ।नेपाल टिभी अनलाइनबाट ।

२०८२ जेष्ठ २८, मंगलवार प्रकाशित 1 Minute 11 Views

ताजा समाचार