२०८२ जेष्ठ २६ आईतवार

त्रिविका ६ प्राध्यापक संघ संगठनको चेतावनी- प्राध्यापक नियुक्ति तत्काल फिर्ता लिनुपर्छ

न्युज अफ नेपाल

काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयले फास्ट ट्रयाकमार्फत प्राध्यापक नियुक्ति गर्न लागेकोप्रति प्राध्यापकहरूले विरोध गरेका छन् । प्रचलित मान्यता विपरीत तथा सेवारत प्राध्यापकहरूको वृत्ति विकासमा असर पर्ने गरी विज्ञापन प्रकाशित गरिएको भन्दै विश्वविद्यालयमा अध्यापनरत विभिन्न ६ प्राध्यापक सङ्घहरूले आपत्ति जनाएका हुन् ।

उनीहरुले तीनमहिने उपकुलपति प्राडा खड्ग केसीले मनोमानी निर्णय गरेको आरोप लगाएका छन् । नेपाल विद्यार्थी संघले उपकुलपति कार्यालयमा तोडफोड गरेपछि पुल्चोक स्थित इन्जिनियरिङ अध्ययन संस्थानबाट काम गरिरहेका उपकुलपति केसीले गरेको निर्णय तत्काल फिर्ता लिन चेतावनी दिएका छन् ।

त्रिवि सेवा आयोगले फास्ट ट्र्याकमार्फत १ सय जना प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक नियुक्तिका लागि विज्ञापन आह्वान गरेको छ । विश्वविद्यालयले यसलाई त्रिविको भविष्य निर्माणको जग भनेको छ । खुला विधिबाट अनुसन्धानमा विशिष्टता हासिल गरेका व्यक्तिहरूलाई नियुक्त गर्न लागिएको त्रिविले जनाएको छ ।

प्राध्यापक सङ्घहरूले विश्वविद्यालयका वर्तमानका म्यादी पदाधिकारीले पेसागत सङ्घका मागहरूलाई बेवास्ता गरेको आरोप लगाएका छ । प्राध्यापकहरूको वृत्ति विकास पनि सोहीअनुरूप हुनुपर्ने र यसतर्फ विश्वविद्यालयका जिम्मेवार तहमा रहने पदाधिकारीले ध्यान दिनु प्राकृतिक सिद्धान्तअन्तर्गत पर्ने उनीहरूको भनाई छ ।

त्रिविमा गत चार वर्षयता प्राध्यापकहरूको आवधिक बढुवाको विज्ञापन भएको छैन । वर्तमान नेतृत्वले प्राकृतिक सिद्धान्तअनुरूप कार्य नगरी स्वार्थको घेराबन्दीभित्र रही मनोगत रूपमा दरबन्दी सिर्जना गरेको उनीहरूको आरोप छ ।

त्रिविका रिक्त दरबन्दीको पदपूर्ति निश्चित मापदण्ड, आधार र पिरामिड खुल्ने गरी प्राध्यापकको पदोन्नति एवम् स्थायी प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन् । यसरी विज्ञप्ति जारी गर्ने संघ संगठनहरुमा स्वार्थको घेराबन्दीभित्र रहेर विज्ञापन खोलेको आरोप छ । उनीहरुले त्रिबिको गैर जिम्मेवार कदमप्रति निन्दा गर्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन् ।

त्रिबिले फास्ट टयाक्को नाममा लिखित परीक्षाबिना केबल अन्तर्वार्ताको आधारमा स्थायी गराउने कार्यतत्काल बन्द गर्न चेतावनी दिएको छ । आवधिक र आवश्यकताको माग तथा बढुवाको विद्यमान पिरामिड व्यवस्थालाई वेवास्ता गर्दै पदाधिकारीले आफ्नो स्वार्थसिद्ध गर्ने मार्गमा अगाडी बढ्ने प्रयत्न गरेमा यस्बाट पर्न जाने परिणाम र परिस्थितिको जिम्मेवारी पदाधिकारीलेनै बोक्नुपर्ने र त्यसबाट उत्पन्न हुने परिणाम पदाधिकारीलेनै आफैले बेहोनुपर्ने प्राध्यापकको चेतवानी छ।

त्रिविका मागका सम्बन्धमा कार्यकारी परिषदबाट गठित समितिको प्रतिवेदनको आधारमा कार्यबिधि संसोधन गरी सो कार्यबिधिको आधारमा रिक्त दरबन्दीको पदपुर्ति निश्चित मापदण्ड, आधार र पिरामिड खुल्नेगरी तत्काल पदोन्नति र स्थायी प्रक्रिया तत्काल अघि बढाउन प्राध्यापक संघ संगठनले आग्रह गरेका छन् ।

२०८२ जेष्ठ २५, शनिबार प्रकाशित 0 Minutes 10 Views

ताजा समाचार