२०८२ जेष्ठ १९ आईतवार

दरबारमार्गमा निषेधाज्ञा, पाँचजना भन्दा बढी भेलाहुन नपाइने

काठमाडौँ।

सरकारले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यलयका प्रमुख ऋषिराम तिवारीले एक विज्ञप्ति जारी गर्दै भोलि जेठ १७गते देखि आगामि असार २४ गतेसम्म उक्त स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको जानकारी दिएका हुन् ।

केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म विरोधका कार्यक्रम गर्न नपाइने विज्ञप्तिमा उल्लेख छ।

२०८२ जेष्ठ १७, शुक्रबार प्रकाशित 0 Minutes 14 Views