काठमाडौँ।
रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् ।भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्ने ५० वर्षीया शाही आइतबार मृत अवस्थामा फेला परेकी हुन् । शाही पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएकाे बलात्कार प्रकरणकी पीडित हुन् ।

भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको भक्तपुर प्रहरीले जानकारी दिएको छ । उनको शव नजिक एउटा पत्र पनि फेला परेको छ। फेला परेको पत्र शाही आफैंले लेखेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको छ ।
उनको शरीरमा बाहिर कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार शाहीको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।न्युज अफ नेपाल
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



