
मेचीनगर । झापा प्रहरी र झापाली पत्रकारहरुबीच अन्तरकृया कार्यक्रम भएको छ ।जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा भएको सो कार्यक्रममा पत्रकारहरुले झापा प्रहरी प्रमुख राजनकुमार लिम्बुलाई सुझावसँगै प्रश्न पनि राखेका थिए ।जिल्ला प्रहरी कार्यालयको सभा कक्षमा भएको सो कार्यक्रममा झापा जिल्लाको शान्ति सुरक्षाका विषयमा अन्तरकृया भएको थियो ।जिल्लामा कुनै पनि गैर कानुनी गतिविधि हुन नदिन प्रहरी सदैव तत्पर रहेको प्रहरी उपरिक्षक राजनकुमार लिम्बुले बताए ।‘सञ्चारकर्मीसँग परिचयात्मक तथा अन्तरकृया’ कार्यक्रममा जिल्लाका पत्रकारहरुको जिज्ञासाको जवाफ प्रहरी उपरिक्षक लिम्बुले दिएका थिए । एसपी लिम्बुले कार्यालय प्रमुखलाई नै भेट्ने काम भए नागरिकले सिधैै कार्यालय प्रमुखलाई सहजै भेट्न सक्ने वातावरण आफुले जिल्लामा बनाउने र आफुलाई समेत नागरिकले सिधै सम्पर्क गर्न सक्ने समेत बताए । सो कार्यक्रममा कसले के भने ?
