
राजधानीमा जारी शिक्षकहरुको आन्दोलनलाई निरन्तरता दिने क्रममा झापाको मेचीनगरमा पनि मेचीनगर नगरपालिका क्षेत्रका सामुदायिक बिध्यालयका शिक्षक र कर्मचारीहरुले बिरोध प्रदर्शन गरेकाछन् । नेपाल शिक्षक महासंघ मेचीनगरको आयोजना भएको सो प्रदर्शन ईटाभट्टा चौकबाट शुरु भएर मेचीनगर नगरपालिका कार्यालय परिसरमा पुगेर सभामा परिणत भएको थियो । पालिका कार्यालय परिसरमै पुगेर शिक्षकहरुले बिरोध प्रदर्शन गरेका थिए ।

२०८२ बैशाख १६, मंगलवार प्रकाशित
0 Minutes
9 Views