२०८२ बैशाख १६ मंगलवार

काँकरभिट्टा बचतको स्वास्थ शिविर सम्पन्न

काँकरभिट्टा । काँकरभिट्टामा रहेको काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्था लि.ले मंगलबार संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीयले स्वास्थ सेवा लिएकाछन् । संस्थाका उपाध्यक्ष राज कार्कीका अनुसार मंगलबार(आज)संचालन भएको शिविरबाट तीन सय २८ जनाले स्वास्थ्य परिक्षणका अलवा चिकित्सा परामर्श र औषधि लिएको बताए ।

आजको स्वास्थ्य शिविरमा तीन सय २८ जनाको स्वास्थ्य परिक्षण गरिएका मध्ये एक सय १० जना पुरुष र दुई सय १८ जना महिलाको स्वास्थ्य परिक्षण गरि स्वास्थ्य सेवा प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष भुपाल शिवाकोटीले आगामी दिन समेत यस प्रकारका कार्यक्रमहरु संस्थाले निरन्तर संचालन गर्दै जाने बताए ।बिर्तामोड स्थित मनमोहन मेमोरियल अस्पतालसँगको सहकार्यमा शिविर संचालन गरिएको थियो ।

सहयोगी संस्थाका रुपमा मनमोहन मेमोरियल अस्पतालले शिविरमा स्वास्थ्य सेवा प्रदान गरेको थिए । अस्पतालको सहकार्यप्रति उपाध्यक्ष कार्कीले अस्पताल लगायत सहयोगी र कार्यक्रममा सहभागि सबैलाई धन्यवाद दिएकाछन् ।

२०८२ बैशाख १६, मंगलवार प्रकाशित 0 Minutes 13 Views

ताजा समाचार