२०८२ बैशाख १६ मंगलवार

काँकरभिट्टा बचत तथा ऋण सहकारीको निःशुल्क स्वास्थ्य शिविर (भिडियो)

मेचीनगर । झापाको काँकरभिट्टामा रहेको काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना सेयर सदस्यहरुका लागि एक दिने निःशुल्क स्वास्थ शिविर संचालन गरेको छ ।बिर्तामोडमा रहेको मनमोहन मेमोरियल अस्पतालको सहयोगमा सो शिविर संचालन गरेको संस्था उपाध्यक्ष राजु कार्कीले बताए ।शिविरमा विभिन्न रोगको परिक्षण ,विशेषज्ञ डाक्टरहरुको सेवा र औषधि वितरण समेत गरिने उनले बताए ।संस्थाको कार्यालय परिसरमा एक संक्षिप्त कार्यक्रम पश्चात शिविर संचालन गरिएको थियो ।संस्थका अध्यक्ष भुपाल शिवाकोटीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संविधान सभा सदस्य रबिन कोइराला, कोशी प्रदेशका पूर्वप्रदेश सदस्य श्रीप्रसाद मैनाली,मेचीनगरका पूर्व मेयर बिमल आचार्य र अस्पतालका बजार प्रवद्धन उपसमितिका संयोजक निलमणि बराल लगायतले मन्तब्य राखका थिए ।कार्यक्रमको संचालन हस्त आङ्गदेम्बेले गरेका थिए ।

२०८२ बैशाख १६, मंगलवार प्रकाशित 0 Minutes 10 Views

ताजा समाचार